दाङमा सुरक्षा निकायले तोकेको समयमा मात्रै होटेल सञ्चालन गर्न आग्रह

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ असोज । जिल्ला प्रशासन कार्यालय दाङले शान्ति सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वका बेला स्थानीय सुरक्षा निकायले तोकेको समयमा मात्रै होटेल सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बुधबार सार्वजनिक सूचना जारी गर्दै शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको परामर्शमा स्थानीय सुरक्षा निकायले निर्धारण गरे बमोजिमको समयमा मात्र होटेल सञ्चालन गर्न आग्रह गर्नुभएको छ । साथै मठ, मन्दिरलगायतका स्थलहरुमा अनावस्यक भीड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न, पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न, मादक पदार्थलगायत नशालु पदार्थ सेवन गरी पर्वको समयमा सावर्जनिक स्थानमा हो हल्ला, झै झगडा जस्ता कार्यहरु गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्ता कार्य गरे कानुन बमोजिम कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । पर्वहरुलाई सुव्यवस्थित एवं स्वास्थ्य सतर्कता अपनाएर मनाउन आग्रह गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad