दशैं बिदाभरि मुख्यमन्त्रीले सरकारी गाडीको प्रयोग नगर्ने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं बिदाभरि सरकारी सबारीसाधन प्रयाेग नगर्ने हुनु भएको छ । गृह जिल्ला अर्घाखाँची पुग्नु भएका आचार्यले दशैं बिदाभरि सरकारी सवारिसाधन प्रयोग नगर्ने हुनु भएको हाे । निजि सवारीसाधन प्रयाेग गरेर जिल्ला तहका भेटघाटमा पुग्न थाल्नु भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरकाे गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारिसाधन चढ्नु भएको हाे । यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयाेग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दशैं बिदाभरिका लागि फिर्ता गर्नु भएको छ । स्कटिङ्गमा प्रयाेग हुदै आएकाे सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ । सुशासन कायम गर्न मुख्यमन्त्रीले दशैं बिदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा राम्रो सन्देश सन्देश गएको छ । 

Blog Post Ad Blog Post Ad Blog Post Ad