दाङका सिमेन्ट उद्योगको दादागिरी: विद्युत महशुलको करोडौँ रकम भुक्तानी गर्न अटेरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ असोज । नेपाल विद्युत प्राधिकरणले दाङका तीन सिमेन्ट उद्योग सहित देशभरका ४९ उद्योगलाई डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम बुझाउन सार्वजनिक सूचना जारी गरेको छ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार डेडिकेटेड फिडर तथा ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेर विद्युत महशुल नबुझाउने उद्योगहरुलाई कार्तिक ८ गतेभित्र विद्युत महशुलको वक्यौता रकम बुझाउन ताकेता गरेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महशुल रकम बुझाउन अटेरी गरेका दाङको घोराही सिमेन्ट उद्योगसहित तीन उद्योगको मात्रै ७८ करोड बढी रकम वक्यौता रहेको पाइएको छ। सूचना अनुसार घोराही सिमेन्टसहित दाङका तीन सिमेन्ट उद्योगबाटै ७८ करोड ९३ लाख ८ हजार ३ सय ८५ रुपैयाँ ३८ पैसा विद्युत महशुल वक्यौता रहेको छ। जसमध्ये सबैभन्दा धेरै घोराही सिमेन्ट उद्योगको ५० करोड ८५ लाख ३५ हजार ३ सय ४१ रुपैयाँ १३ पैसा वक्यौता रहेको छ। यस्तै सोनापुर मिनरल एण्ड आयल प्रालिको २४ करोड २९ लाख ९९ हजार २ सय ७३ रुपैयाँ २५ पैसा, लमहीको सम्राट सिमेन्ट उद्योगको ३ करोड ७७ लाख ७३ हजार ७ सय ७१ रुपैयाँ रहेको छ। यस्तै रोल्पा सिमेन्टको ९९ लाख १२ हजार २९ रुपैयाँ ७५ पैसा वक्यौता रहेको छ।

हिजो सार्वजनिक गरेको सूचना अनुसार बाबा जुट मिल, रघुपति जुट मिल, उदयपुर सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट, अरिहन्त मल्टिफाइबर, मारुती सिमेन्टलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुलवापतको बक्यौता बुझाउन भनेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बक्यौता बुझाउन बाँकी रहेका उद्योगमा त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, त्रिवेणी स्पिनिङ, जगदम्बा स्टिल, अशोक स्टिल, हुलास स्टिल, हामा आइरन, एभरेस्ट पेपर मिल छन्।

त्यस्तै कसमस सिमेन्ट फ्याक्ट्री, युनाइटेड सिमेन्ट, शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट, जिबी टेक्स्टाइल, नारायण रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, एभरेस्ट रोलिङ उद्योगको पनि प्राधिकरणले सार्वजनिक गरेको सूचीमा छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विनायक स्पात, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, गोयन्का फुड्सलाई बक्यौता बुझाउन भनिएको छ। भलबारी स्वचालित कारखाना, श्याम प्लास्टिक उद्योग, इन्डस्ट्रिज, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, एसआर स्टिल, नव नेपाल प्लास्टिक इन्डस्ट्रिज, शुभलक्ष्मी पोलिमर्स, नेशनल रबर इन्डस्ट्रिज, ऐजी हेल्थ इन्डस्ट्रिज, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, लक्ष्मी स्टिल, रोल्पा सिमेन्टको पनि बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

उल्लिखित अवधिको आंशिक प्रिमियम रकम बुझाइसकेकाहरूको हकमा उक्त रकम समायोजन हुने पनि प्राधिकरणले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई कराेडाैँ रकम हुँदासमेत छुट दिएको भनेर आलोचना हुँदै आएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad