कोहलपुरमा बसले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाईते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ असोज । बाँकेको कोहलपुरमा यात्रु बहाक बसले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाईते भएका छन । काठमाण्डौबाट नेपालगञ्ज जाँदै गरेको बसले कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत कोहलपुर १० वालविद्या चोकमा मोटरसाईकललाई ठक्कर दिएको हो ।

भे १ ख ३७०९ नम्बरको बसले ना १३ प ६१४० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा खजुरा गाउँपालिका वडा नं. २ वस्ने वर्ष २२ का तेज विक्रम मल्ल र सोहि मोटरसाईकलमा सवार उनकी पत्नि मनिषा रोकाय घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मल्लको टाउकोमा चोट लागेको छ भने उनकी पत्निलाई सामान्य चोट लागेको प्रहरीले बताएको छ । दुवै जनालाई उपचारकालागि शिक्षण अस्पताल कोहलपुर पुर्याईएको स्थानिय तुलाराज विष्टले जानकारी दिएका छन ।

जेव्रा क्रस नजिकै दुर्घटना भएकाले मोटरसाईकलमा सवार मल्लले वाटो काट्दै गर्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो समाचार तयार पार्दासम्म बसका चालक फरार रहेको र उनको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad