दाउन्नेको सडक दुईतर्फी खुल्यो, भासिने जोखिम भने कायमै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २० असोज । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्ने खुर्सानी खोलामा भासिएको सडक मर्मत गरी बिहान ११ बजेर ४० मिनेटदेखि पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक पूर्ण रुपमा सञ्चालनमा आएसँगै लामो समय जाममा परेका सवारी साधनलाई पास गराउने काम भइरहेको प्रहरीको भनाइ छ । सडक हाललाई दुईतर्फी नै सञ्चालनमा आए पनि कुनै पनि बेला भासिन सक्ने जोखिम रहेको प्रहरी नायव उपरीक्षक बोहोराले बताउनुभयो । असोज ११ र १२ गते परेको निरन्तरको वर्षापछि १४ गते सडक भासिएको थियो ।

एक रात एक दिन पूर्ण रुपमा सवारी आवागमन बन्द गरी मर्मत गरिएको सडक १८ गते साँझ फेरि भासिएको थियो । सडक विभाग र चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन प्रालिको टोलीले लगातार सडक मर्मत गरी पूर्ण रुपमा गाडी सञ्चालनमा आएको बोहोराले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पनि हाललाई पूर्ण रुपमा सञ्चालनमा आए पनि जोखिम भने कायमै रहेको बताउनुभयो । भासिएको ठाउँमा डाइभर्सन गर्ने ठाउँ नभएकाले यात्रुले सास्ती पाउँदै आएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad