सरसफाई नै स्वस्थता र स्वच्छताको आधार : नगर प्रमुख चौधरी

दाङ, २० असोज । पर्व लक्षित र नेपाल प्रहरीको ६९ औँ प्रहरी दिवसका अबसरमा घोराहीमा सरसफाई गरिएको छ । घोराही उपमहानगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा आईतबार बिहान बजारको सरसफाई गरिएको हो ।
घोराही उपमहानगरपालिकाको गेटबाट सुरु भई जिल्ला प्रशासन कार्यालय रोड, नापी शाखा, दिपशिखा चोक, जिल्ला प्रहरी कार्यालय रोड हुदै पुनः उपमहानगरपालिका सम्मको सडक सफाई गरिएको हो । घोराही उपमहानगरपालिकाको पूर्ण सरसफाई स्वच्छता अभियान र जिल्ला प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी तथा प्रहरी दिवस सँगै आउदै गरेको दशै पर्वलाई लक्षित गरेर सफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा नगर प्रहरी नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक इश्वर थापा, शसस्त्र प्रहरी कारागार बेश घोराहीका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक होम न्यौपाने, घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारी, विभिन्न टोलका अध्यक्ष तथा पदाधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र घोराही उपमहानगरपालिकाका सरसफाई शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम समापन गर्दै नगर प्रमुख नरुलाल चौधरीले सरसफाई नै स्वस्थता र स्वच्छताको आधार भएको बताउनुभयो ।
फोहोर मैलाकै कारण विभिन्न रोग र संक्रमणले महामारी लिने भन्दै उहाँले सरसफाईमा नागरिकहरुको पहिलो ध्यान हुनुपर्ने बताउनुभयो । सरसफाई अरु कसैले गर्दिने भन्दा पनि फोहोरको व्यवस्थापन आफैले गर्नुपर्नेमा जोड दिनुभयो । व्यक्ति, परिवार, घर, समुदाय, गाउँ र शहर सफा भए मात्रै संबृद्धी आउने उहाँको भनाई छ । स्थानीय सरकार र प्रहरी तथा सरोकारवाला निकायहरुको सहकार्यले नै समाज स्वच्छ र शान्त बन्न सक्ने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad