दाङबाट चार सय खसीबोका काठमाडौँ लगियो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २० असोज । दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौँ लगिएको छ । प्रत्येक वर्ष दाङबाट काठमाडौँ खसीबोका ल्याउने गरिएको छ । दाङबाट शुक्रबार एक सय ९३ र शनिबार दुई सय खसीबोका काठमाडौँ पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जनाएको छ ।

जिल्लाबाट केन्द्रीय कार्यालयमा खसीबोका आएसँगै सर्वसाधारणका लागि किनबेच खुला गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले बताए । उनका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजीसम्मका बोका खरिद गरी काठमाडौँ आइपुग्न लागेको हो । जिउँदो खसी प्रतिकेजीको रु पाँच सय ६० र बोका प्रतिकेजीको रु पाँच ४० को दरमा खरिद गरिएको उनले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad