नागरिकको सुरक्षा पहिलो दायित्व : प्रहरी प्रमुख तिमिल्सिना


दाङ्ग, असोज १९ । जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले नागरिकको सुरक्षा प्रहरीको पहिलो दायित्व भएको बताउनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला प्रहरी कार्यालय दाङले शनिबार घोराहीमा आयोजना गरेको दाङ जिल्ला स्थित सुरक्षा अधिकारीहरु र सञ्चारकर्मीहरुबीच आयोजना गरेको अन्र्तक्रिया र शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रहरी प्रमुख तिमिल्सिनाले चाडपर्वलाई दक्षित गरेर जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अगाडी बढाएको बताउँदै कुनै पनि नागरिकलाई शान्ति सुरक्षा दिने काम प्रहरीको भएकाले सबैको साथसहयोगले मात्र शान्ति सुरक्षा कायम गर्न सम्भव भएको बताउनुभयो । उहाँले यसको लागि सञ्चार क्षेत्रले प्रहरीलाई सकारात्मक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्न जनपथको १ हजार बढि सुरक्षाकर्मीहरु खटिएको बताउँदै कुनै पनि समस्या परेको प्रहरीलाई खबर गर्न सबैमा अनुरोध गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङमा शान्ति सुरक्षा कायम गर्नका लागि आफु अनवरत लागि पर्ने बताउँदै प्रहरी प्रमुख तिमिल्सिनाले जिल्लाको शान्ति सुरक्षाको सवालमा जिल्ला सुरक्षा समितिले समेत विशेष योजना बनाएको जानकारी दिनुभयो ।

सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आफु पनि सरुवा भएर दाङमा भर्खरै आएको र जिल्लाको शान्ति सुरक्षालगायतका कार्यलाई प्रभावकारी बनाउन सबै पक्षसँग छलफल, सम्बाद, सहकार्य गर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो अबसरमा प्रहरी प्रमुख तिमिल्सिनाले चाडपर्व लक्षित सर्वसाधारणका लागि बनाइको सन्देशमुलक जिंगल सार्वजनिक गर्नु भएको थियो । उहाँले सर्वसाधारणलाई सहज होस भनेर जिल्लाका विभिन्न स्थानमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नं. २९ गण भालुवाङका स.प्र.उ. रमेश कुमार थापा, सशस्त्र प्रहरी बल नं. ४१ गण लमहीका स.प्र.उ. गुणराज न्यौपाने, राष्ट्रिय अनुसन्धान दाङ प्रमुख उ.अ.नि. रमेश सिंह डाँगा, जिल्ला प्रहरी कार्यालय दाङका प्र.ना.उ. इश्वर थापा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी, निवर्तमान अध्यक्ष सविन प्रियासन, महासंघका उपाध्यक्ष सन्तोष सुवेदी, सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के. शीतललगायतको उपस्थिति रहेको थियो ।
६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबीच ६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र घोराही दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना, संचारकर्मीहरु, प्रहरी कर्मचारी तथा प्रहरी परिवार, पूर्व प्रहरी कर्मचारी लगायत स्थानीय नागरिकको उपस्थितीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २७ जना प्रहरी कर्मचारी तथा स्थानीय नागरिकहरुद्वारा रक्तदान गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad