रोटरी क्लब दाङ्गद्वारा गुरुकुललाई शौचालय हस्तान्तरण


दाङ,१९ असोज । रोटरी क्लब अफ दाङले माता पवित्रा देवी संस्कृत गुरुकुल घोराही उपमहानगरपालिका–७ शुक्रवारमा निर्माण गरेको शौचालय हस्तान्तरण गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा शनिवार भएको कार्यक्रममा सौचालय माता पवित्रादेवी संस्कृत गुरुकुललाई हस्तान्तरण गरिएको थियो ।

शौचालय गुरुकुलका प्रमुख प्रकाश भट्टराईलाई हस्तान्तरण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

करीव तीन लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय निर्माण गर्न रोटरी क्लब अफ एन्अचोर्ज, हेल्पिङ ह्याण्ड नेपाल र विभिन्न महानुभावहरुले आर्थिक सहयोग गरेको रोटरी क्लव अफ दाङका प्रेसिडेन्ट इलेक्ट रोशन दाहालले जानकारी दिएका छन् ।

रोटरी क्लव अफ दाङले विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad