चाडपर्वको समयमा व्यापारमा हुने अनुचित क्रियाकलाप रोक्न मन्त्री न्यौपानेको निर्देशन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ असोज । चाडपर्वका समयमा ब्यापारमा हुने अनुचित क्रियाकलाप रोक्न लुम्बिनी प्रदेश सरकारले अनुगमनमा कडाइ गर्ने भएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सबै घरेलु तथा साना उद्योग कार्यालयलाइ परिपत्र गर्दै बजार अनुगमनलाइ कडाइ गरेर अनुचित क्रियाकलाप नियमन गर्न निर्देशन दिएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले चाडवाडको समयमा उपभोक्ता माथि हुने ठगी नियन्त्रणका लागि बजार अनुगमनलाइ तीव्र पारिने जनकारी दिएका छन । “चाडपर्वका समयमा उपभोक्ताहरु बजारबाट ठगिदै आइरहेको गुनासाहरु आइरहन्छन्, चाडवाडका बेला उपभोक्तामाथि हुने ठगी नियन्त्रणका लागि बजार अनुगमनलाइ तीव्र पारिने छ’’,मन्त्री न्यौपानेले भने “उपभोक्तालाई ठगी गर्ने हरुलाइ कार्वाहीको दायरामा ल्याइने छ ।’’

Blog Post Ad Blog Post Ad Blog Post Ad

केहिदिन अघि मन्त्रालय मातहतको बजार नियमन तथा प्रतिष्पर्धा प्रवर्धन परिषद बैठकले समेत बजार अनुगमनलाई तिब्र पार्ने निर्णय गरेको थियो । मन्त्री न्यौपानेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार मन्त्रालय मातहतका प्रदेशका १२ वटै जिल्लाका घरेलु उद्योग कार्यालयहरुले जिल्लाका सरोकार वाला पक्षको समन्वयमा बजार अनुगमन गर्ने छन । बजार अनुगमनमा बजारमा देखिएका समस्या समाधानसंगै उपभोक्ता हरुलाई समेत ठगिनबाट जोगिने सचेत गराइने छ ।

उपभोग्य वस्तुको मूल्य, गुणस्तर, परिमाण तथा शुद्धताका बारेमा उपभोक्तालाई सचेत समेत गराइने मन्त्री न्यौपानेले जानकारी दिए । “बजारमा देखिने समस्यासंगै उपभोक्ताहरुलाइ समेत ठगिनबाट जोगिन सचेत गराइने छ’’,मन्त्री न्यौपानेले भने,“बजारमा हुने अनुचित कृयाकलापबाट जोगिन उपभोक्ता आफू पनि सचेत हुनु जरुरी छ ।’’

Blog Post Ad Blog Post Ad Blog Post Ad