घोराही-होलेरी सडक मर्मत गरिँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ असोज । दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै थबाङ जोड्ने सहिद मार्ग सडक मर्मत गर्न सुरु गरिएको छ । चाडपर्वको समयमा सडकमा भएका खाल्टाखुल्टी पर्न सरकारले निर्देशन दिएपछि बर्सातमा सडकमा भएका खाल्टाखुल्टी पुर्नेदेखि नाला सफा गर्ने काम सुरु भएको हो ।

सहिद मार्ग अन्तर्गत पहिलो चरणमा घोराही उपमहानगरपालिका-१३ सेवारखोलादेखि होलेरी सडकखण्डमा मर्मतको काम भइरहेको सहिद मार्ग आयोजना रोल्पाका सूचना अधिकारी इन्जिनियर सुमन सुवेदीले जानकारी दिएका छन् । बर्सातको समयमा पहिरोसँगै सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण बिग्रिएको सडक मर्मत गर्ने काम भइरहेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडकमा भएका खाल्टाखुल्टी पुर्ने, सडकमा खसेको पहिरो हटाउने, सडक सम्याउने, अत्यावश्यक ठाउँमा वाल उठाउनेदेखि नाला सफा गर्नेलगायतका काम भइरहेको सूचना अधिकारी सुवेदीले बताए ।

‘चाडपर्व अघि नै सडकलाई राम्रो बनाउने गरी सहिद मार्ग अन्तर्गत घोराही-होलेरी सडकखण्डमा भएका खाल्टाखुल्टी पुर्नेदेखि पहिरो हटाउने काम भइरहेको छ’, सूचना अधिकारी सुवेदीले भने, ‘पहिलो खण्डमा घोराही-होलेरी सडकखण्ड मर्मत गरिसकेपछि होलेरी-थवाङ सडकखण्ड मर्मत गर्ने छौँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

खास गरी सिमेन्ट उद्योगका टिप्पर चल्ने भएका कारण घोराही-होलेरी सडकखण्डको डुम्मरगाउँदेखि खुमबाससम्म धेरै बिग्रिएकाले हुलाकी सडक आयोजना र सिमेन्ट उद्योगले संयुक्त रूपमा सडक मर्मत गरिरहेको बताए ।

उनका अनुसार दसैं अघि नै सडक पूणर्रुपमा सुरक्षित बनाउने गरी मर्मतको काम भइरहेको छ । सडकमा परेका खाल्टाखुल्टी पुर्नेदेखि पहिरो हटाउनका लागि दुईवटा पानी ट्याङकर, चारवटा टिप्पर र जेसिबी सिमेन्ट उद्योगले उपलब्ध गराएको छ भने स्काभेटर, ग्रेडर मेसिन, लोडर, नाला सफा गर्दा आवश्यक पर्ने जनशक्ति सडक मार्ग आयोजनाले उपलब्ध गराएको सूचना अधिकारी सुवेदीले बताए । विशेष परिस्थिति बाहेक प्रत्येक ४/४ महिनाको अन्तरालमा सडक मर्मत संभार गर्ने सहमति भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला प्रशासन कार्यालय दाङमा आयोजना प्रमुख, स्थानीय तह प्रमुखसँगै सिमेन्ट उद्योगका प्रतिनिधिबिच भएको सहमति अनुसार सम्राट सिमेन्ट र सोना सिमेन्ट प्रालिले आवाश्यक उपकरण सहयोग गर्नुका साथै मर्मत गरिसकेपछि घोराही उपमहानगरपालिका, रोल्पाको रुन्टीगडी गाउँपलिका, सहिद मार्ग सडक आयोजनासँगै सिमेन्ट उद्योगका प्रतिनिधिले संयुक्त रूपमा अनुगमन गर्ने सहमति भएको थियो । उक्त सडकखण्डमा सम्राट सिमेन्ट र सोना सिमेन्टका चुनढुङ्गा बोक्ने करिब एक सय ५० बढी टिप्परहरू चल्ने गर्दछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad