एक वर्षमा झण्डै २ हजारले त्यागे नेपाली नागरिकता

दाङ, १९ असोज । एक वर्षको अवधिमा करिब तीन हजारले गैरआवासीय नेपाली नागरिकता लिएको पाइएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार दुई हजार ९४७ जनाले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । एक हजार ८६६ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने संख्या २३७ मात्रै थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको संख्या बढेको हो । नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएको भए तापनि त्यस्तो व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad