बाँकेमा बालिकालाई खाने चितुवा १८ दिनपछि नियन्त्रणमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

केजको नजिकै हिँड्दै गर्दा सिसी क्यामेराबाट देखिएको शुक्रवार बिहान नियन्त्रणमा लिइएको चितुवा ।

दाङ, १८ असाेज । बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनलाई खाने चितुवालाई शुक्रवार बिहान नियन्त्रणमा लिइएको छ । बालिकालाई खाने चितुवालाई शुक्रवार बिहान नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गत भदौ ३० गते राति आफ्नो घरमा खेल्दै गरेको अवस्थामा बालिका एक्कासि बेपत्ता भएकी थिइन् । असोज १ गते बिहान बालिकाको शव घर नजिकै रहेको गिजरा सामुदायिक वनबाट आधा शरीर खाएको अवस्थामा भेटिएको थियो ।

स्थानीयले बालिकालाई बाघले खाएको आशङ्का गरेका थिए तर उक्त वनमा बाघ नभएर चितुवा हुन सक्ने आशङ्का गरेर वन कार्यालय बाँकेले गत असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिनका लागि तीन वटा खोर (केज) र पाँच वटा सिसी क्यामेरामार्फत खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘बालिकालाई खाएको चितुवालाई नियन्त्रणमा लिनका लागि गत असोज १ गतेदेखि नै वन क्षेत्रमा तीन वटा फलामको केज (खोर) र वनका पाँच स्थानमा पाँच वटा सिसी क्यामेरा राखेर नियन्त्रण प्रयास गरेका थियौँ,’ वरिष्ठ वन अधिकृत चौधरीले भने, ‘धेरै ठुलो प्रयासपछि आज १८ दिनपछि चितुवा हाम्रो नियन्त्रणमा आएको छ ।’

चितुवालाई नियन्त्रणमा लिनका लागि हरेक केजमा एक एक वटा बाख्रा राखिएको थियो । बाख्रा राखिएको केजमा चितुवालाई फसाएर नियन्त्रणमा लिइएको वरिष्ठ वन अधिकृत चौधरीले बताए । भदौ ३० गते रातिदेखि बेपत्ता भएकी बालिका लक्ष्मीको शव असोज १ गतेका दिन घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलबाट जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा दाहिने खुट्टा मात्र फेला परेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad