दाङमा मोटरसाइकलको ठक्करबाट कार्यालय सहयोगीको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ असाेज । दाङमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ। लमही नगरपालिका–६ कुलामोहरका ४६ वर्षीय मंगल विकको उपचारका क्रममा मृत्यु भएको छ। विक लमही नगर विकास समितिका कार्यालय सहयोगी हुन्।

बिहीबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको विक सवार साइकललाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइते विकलाई उपचारका लागि कोहोलपुर रिफर गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए।मोटरसाइकल चालक लमही नगरपालिका–८ का २२ वर्षीय एरोन चौधरी प्रहरी नियन्त्रणमा छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad