मादल बिक्न छाडेपछि जुठे बादीलाई गुजारा चलाउनै गाह्रो, पेसा पनि सङ्कटमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ असाेज । दाङको घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे बादीलाई विगतका वर्षहरूमा तीजको समयमा नयाँ मादल बनाउन र पुराना मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो । गाउँदेखि सहरसम्म तीजमा नाचगानसँगै सांस्कृतिक कार्यक्रमका लागि आवश्यक पर्ने मादल किन्नका लागि मानिसहरू आउने हुँदा उनको दैनिकी मादल बनाएर बित्ने गरेको थियो ।

यो वर्ष हरितालिका तीज नजिकै आइपुग्दा पनि मादल बिक्री हुन नसकेको उनको भनाइ छ । केही वर्षअघिसम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने जुठे बादीले भने, ‘प्रविधिको विकाससँगै पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ ।’ उनका अनुसार यो वर्ष ६–७ वटा मात्रै मादल बिक्री भएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साढे चार दशक बढी समय मादल बनाउने र बिक्री गर्ने पेसा अङ्गाल्दै आएका उनले मादल र बाँसुरी बनाउने पेसा सङ्कटमा पर्न थालेको बताए । करिब १० देखि १२ वर्ष अघिसम्म तीज, दसैँ र तिहार लगायतका चाडपर्वमा ग्राहकलाई मादल पुगाउन धौ–धौ पर्ने र चाडपर्वको समयमै मादल बिक्री गरेर लाखसम्म आम्दानी गर्ने गरे पनि अहिले वर्षभरि बिक्री गर्दा पनि ५०–६० हजार नपुग्ने गरेको उनले बताए ।

पछिल्लो समय प्रविधिको विकाससँगै हातहातमा मोबाइल आएको र मादल पनि सस्तोमा भारतबाट भित्रिन थालेपछि आफूहरूको मादल तथा बाँसुरी बनाउने पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको बताए । उनले भने, ‘अहिले त सबैका हातमा मोबाइल छन् । त्यसैबाट गीत बजाउन सकिने भएपछि तीजमा मादलभन्दा डेग खोजेर त्यसैमा नाच्न थालेका छन् । जसले गर्दा मौलिक बाजा बजाएर रमाइलो गर्ने परम्परासँगै हाम्रो पेसा समेत सङ्कटमा परेको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

गाउँघरमा जम्मा भएर नाचगान गर्नेभन्दा पनि पछिल्लो समय होटलका कोठाहरू डेगबाटै गीत बजाएर नाच्ने संस्कारको विकासले मौलिक कला संस्कृतिसँगै मादल, बाँसुरी बनाउने पेसा सङ्कटमा परेको उनले बताए । उनीजस्तै दुखेसो छ स्वर्गद्वारी टोलकै ५० वर्षीय रामप्रसाद बादीको पनि । कुनै समय मादल बनाएर बिक्री गरेर पाँच जनाको परिवार पाल्ने गरेका रामप्रसादले पछिल्लो समय घर बनाउने मिस्त्रीको काम गर्न थालेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रविधिको विकाससँगै जातीय र सांस्कृतिक पेसाका रूपमा रहेको मादल बनाउने पेसा नै लोप हुने क्रममा पुगेपछि परिवार पाल्नकै लागि विगत ५–६ वर्षदेखि मादल बनाउनेसँगै फुर्सदको समयमा घर बनाउने काम गर्दैआएको उनले बताए । उनले भने, ‘पहिले मादल बनाउँदै बिक्री गरेर परिवार पाल्न सकिन्थ्यो । अरू काम गर्नु पर्दैनथ्यो, वर्षभरि नै मादल बनाउने काम हुन्थ्यो । अहिले मादलको बिक्री घटेको छ । चाडपर्वको समयमा मात्रै बनाउने गरेको छु ।’

चाडपर्वसँगै सांस्कृतिक कार्यक्रममा मौलिक बाजाभन्दा बढी प्रविधिमा आधारित साउण्डस्टिम (डेग), हातहातमा मोबाइलसँगै सस्तोमा भारतबाट मादलहरू भित्रिन थालेपछि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर बनाइने मादलहरू बिक्री हुन छाडेको उनको भनाइ छ । पहिले तीज, दसैँ, तिहार लगायतका चाडपर्वहरू आउँदा मादल बनाउन गाउँमै बोलाउनेदेखि मर्मतका लागि घरमै आउने गरे पनि पछिल्लो समय छिटफुटका रूपमा मादल किन्न तथा बिग्रिएका मादल बनाउन आउने गरेको उनको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले भने, ‘मादल बनाउन आउने लगभग हराइसकेका छन्, कोही कोही नयाँ मादल किन्न आउनुहुन्छ । मादल बनाएर मात्र जीवन गुजरा चलाउन अब गाह्रो छ ।’ मादल बिक्री नहुने समस्यासँगै मादल बनाउन आवश्यक पर्ने कच्चा पदार्थ खमारीको काठ, खरी लगायतका सामग्री पाउन समेत समस्या हुनेगरेको उनले बताए । उनले भने, ‘जङ्गलमा गएर काठ ल्याउन पाइँदैन, काष्ठ उद्योगमा सम्पर्क गरेर ल्याउने हो । तै पनि राम्रो हुँदैन ।’

आधुनिकतामा नाममा हुने तडकभडकलाई रोक्दै मादल, बाँसुरी लगायतका लोक बाजाको संरक्षणका लागि मादल बनाउने समुदायलाई उद्यमशीलताका लागि प्रोत्साहन गर्नेगरी तीनै तहका सरकारले सोच्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ जिल्ला अध्यक्ष राजेन्द्र दाहालको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad