स्थानीय उत्पादनलाई मुख्यमन्त्रीको सम्मान : जब शिरमा ढल्कियो अल्लोको टोपी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ असोज । दाङको घोराही उपमहानगरपालिका–१४ निवासी प्रेमकुमारी पुनले अल्लोको धागोबाट हातले बुनेर कोट, टोपी, झोला, जुत्ता लगायतका सामग्री तयार पार्दै आएकी छन् । आफूले तयार पारेका सामग्री विक्री गर्न उनी मेला, महोत्सव, दिवसहरुमा समेत पुग्ने गर्छिन् । अल्लो र उलनबाट बनाएका सामग्री मान्छेहरुले मन पराएर किनेपछि प्रेमकुमारीमा बेग्लै खुसी छाउँछ ।

त्यसैक्रममा विश्व पर्यटन दिवसको अवसरमा प्रेमकुमारीले अल्लो र उलनबाट हातले बुनेर तयार पारिएको झोला, टोपी, कोट, जुत्ता लगायत सामाग्री विक्रीका लागि स्टल राखिन् । जुन स्टलबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुईवटा टोपी खरिद गरे । ‘अहिलेसम्म नेता, मन्त्रीलाई टोपी विक्री गरेको थिएन । कित उपहार दिइन्थ्यो । तर, मुख्यमन्त्रीले टोपी किनेर लगाउनुभयो । उहाँको यो कामले हामी उद्यमीहरुमा हौसला थपियो’उनले भनिन्–‘शिरको टोपी फेरेर हामीले बनाएको टोपी लगाउनुभयो । पाँच सय रुपैयाँ एउटा टोपीको मूल्य थियो । उहाँले दुईवटा किनेर लैजानुभयो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad
461077380_1037572117844340_5181368327824649104_n.jpg

२०६५ सालबाट अल्लोबाट कपडा बनाउन थाल्नुभएकी प्रेमकुमारीले चिनारी महिला साझेदारी समूह निर्माण गरेर उद्यम चलाउँदै आएकी छन् । ‘धेरै हौसला मिल्छ । किनेर लगाइदिदा’उनले भनिन्–‘मुख्यमन्त्रीज्यूको यो सद्भावले हामी उद्यमीको छाती चौडा भयो ।’

460370344_1283303386025680_2261028305386574127_n.jpg

पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशका उद्यमीले तयार पारेका स्थानीय उत्पादनका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । थाकलबाट बनेका हस्तकलाको सामग्रीदेखि माटोबाट बनेका भाँडाहरु समेत प्रदर्शनीमा राखिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad