रोल्पामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

रोल्पा, १० असोज । रोल्पामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिलस्मृति गाँउपालिका–२ धारापानीका ८४ वर्षीय रुद्र गिरि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार सुलिचौरदेखि किमिचौरतर्फ जाँदै गरेको लु ४० प २३४६ नम्बरको मोटरसाइकलले सुनिलस्मृति गाँउपालिका–२ खुंग्री नजिकै हिजो गिरीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उहाँलाई उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठानको स्वर्गद्वारी नगरपालिका–३ किमिचौर बस्ने २० वर्षीय बिशाल पुनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad