दाङमा श्रीमतीको हत्या आरोपमा पक्राउ परेका श्रीमानलाई जन्मकैद सजाय

दाङ, १० असोज । दाङमा श्रीमतीको हत्या आरोपमा पक्राउ परेका श्रीमानलाई जिल्ला अदालत दाङले जन्मकैदको फैसला गरेको छ । ४५ वर्षकी श्रीमति लक्ष्मी चौधरीलाई हत्या गरेको कसुरमा अदालतले तुलसीपुर उपमहानगरपालिक –४ निबासी ४२ वर्षीय पेण्डवा चौधरीलाई जन्मकैदको फैसला गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला न्यायाधिस राजेश्वर अर्यालको इजलासले दोषी ठहर गर्दै जन्मकैद गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । लक्ष्मी चौधरीलाई गत माघ ७ गते पेण्डवाले हत्या गरेका थिए । धारिलो वस्तुले प्रहार गरी हत्या गरेका चौधरी माघ ७ गते घरबाटै पक्राउ परेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad