महोत्सव संचालनकोे अनुमतिका लागि नगरप्रमुख खड्कालाई आठ बुँदे ज्ञापनपत्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ असोज । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले यसवर्ष महोत्सव संचालनको अनुमति पाउनुपर्ने मागसहित तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई आठ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष लाल बहादुर केसीको नेतृत्वमा पुगेको उद्योगी व्यवसायीको टोलीले मंगलबार नगरप्रमुख खड्कालाई ८ बुँदे ज्ञापनपत्र बुझाएको हो । स्थानीय उत्पादनको बजारीकरण गरी आर्थिक विकासमा टेवा पुर्‍याउन महासंघले यसवर्ष महोत्सव संचालनका लागि नगरप्रमुख खड्कालाई अनुमति प्रदान गर्न आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महासंघले औद्योगिक ग्राम स्थापना गरी महासंघ र स्थानीय सरकारको समन्वयमा औद्योगिक तथा अध्ययन प्रर्वद्धन केन्द्र संचालन गर्न, घरेलु कृषक, लघु उद्यमी, साना व्यवसायी, परम्परागत उत्पादनको सहुलियत हाटबजार संचालन गर्नका लागि महोत्सव गर्न लागेको अध्यक्ष लालबहादुर केसीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad