तुलसीपुरमा निमित्तको जिम्मेवारीलाई मजाक : एकैदिन चार जनाले पाए जिम्मेवारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ असोज । तुलसीपुर उपमहानगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारीलाई मजाक बनाइएको छ । आइतबार प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आफु काठ्माण्डौ जाने भन्दै निमित्तको जिम्मेवारी प्रशासन शाखा प्रमुख बिष्णु कुमारी आचार्यलाई दिनुभएको थियो । तर निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाउनुभएकी आचार्य नै सोमबार कार्यालय समयमा नभएपछि सेवाग्राहीले सास्ती पाएका थिए ।

त्यसदिन उहाँले कार्यालय समयमा नै हाजिरी लगाएर श्राद्ध कार्यमा सहभागी आफैले स्विकार गर्नुभयो । उहाँले आफन्तकोमा जानुअघि लेखा शाखा प्रमुख खिमलाल वलीलाई मौखिक जिम्मेवारी दिनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर अधिकृत वली पनि कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानुपर्ने भएपछि त्यसपछिको मौखिक जिम्मेवारी शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले पाउनुभएको थियो ।

अनि फेरि भण्डारी पनि जिन्सि निरिक्षणमा गएपछि मौखिक जिम्मेवारी स्वास्थ्य महाशाखा प्रमुख ओम पि न्यौपानेलाई दिइएको थियो । सोमबार निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी एकैदिन चार जनाले पाएको एक कर्मचारीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ को उपदफा ५ मा प्रमुख प्रशासकिय अधिकृतले आफुलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केहि अधिकार आफु मातहतको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्ने व्यवस्था छ ।

ऐन अनुसार निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएकी आचार्यले अरुलाई निमित्तको जिम्मेवारी दिन मिल्दैन । तर उहाँले जिम्मेवारी पाएको दिन नै अरुलाई मौखिक रुपमा जिम्मेवारी दिएपछि निमित्तको जिम्मेवारी नै मजाक बनेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रमुख प्रशासकिय अधिकृत डाँगीले आइतबार आफु नआउनन्जेलसम्मका लागि सोमबारदेखि आचार्यलाई निमित्तको जिम्मेवारी दिनुभएको छ । पत्र अनुसार प्रमुख प्रशासकिय अधिकृत डाँगी कहिले काममा फर्किने भन्नेबारे टुंगो छैन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad