कोहलपुरमा पिर्काले हानेर बुबाको हत्या, छोरा पक्राउ

दाङ, ८ असोज । बाँकेको कोहलपुर नगरपालिका-८ पिपरीमा छोराले पिर्काले हानेर पिताको हत्या गरेका छन् । बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले कोहलपुर नगरपालिका-८ पिपरीका ७० वर्षे नैनसिंह क्षेत्रीलाई उनका छोरा दिपबहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको बताए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानका अनुसार राति दुबै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिन्छ । सोही समयमा छोराले बुवालाई पिर्काले हान्दा दाहिने हातको नाडी, बायाँ आँखा र बायाँ खुट्टाको घुँडा मुनी चोट लागेको अवस्थामा नेपालगन्ज मेडिकल कलेजमा उपचार गराउन लगिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा मेडिकल कलेजमा मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए ।

डिएसपी भण्डारीका अनुसार पिर्का प्रहार गर्ने छोरा दिपबहादुर क्षेत्रीलाई पक्राउ गरीएको छ । अनुसन्धानकालागि पक्राउ परेका भण्डारीले आफूले हानेर पिताको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad