ज्ञानज्योतीलाई कुबेर बहादुर शाह स्मृति कप भलिबलको उपाधि

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ असोज । तुलसीपुरको अरनिको मैदानमा संचालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ज्ञानज्योती कलेज तुलसीपुरले जितेको छ ।

नेपाली काग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राबिधिक व्यवस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनिको मावि तुलसीपुरलाई २५-१३, २५-१४ र २५-१४ अर्थात ३-० को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योतिले उपाधि चुमेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपाधीसंगै उसले नगद १ लाख ५ हजार, कप , मेडल तथा प्रमाणपत्र हात पारेको छ । फाईनलमा पराजित अरनिको उपबिजेतामा सिमित रहदै नगद नगद ६५ हजार, कप मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको छ । त्यस्तै हेलो मोबाईल ए तुलसीपुरले तृतिय स्थान हासिल गरेको छ । तृतीय हुनेले नगद ३५ हजार प्राप्त गरेको छ ।

तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको विकास र विस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा बेष्ट प्लेयर खेलाडी ज्ञानज्योती कलेजका हेमन्त मल्ल हुनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले नगद ३५ सय र ट्रफी हात पार्नुभयो । त्यस्तै वेष्ट ब्लकर ज्ञान ज्योतिकै चिरण खड्का, वेष्ट स्पाइकर ग्रेट अरनिकोका बिक्रम बोहरा,बेष्ट सेटर ज्ञानज्योतिका सुवास कवर,वेष्ट लिब्रो ग्रेट अरनीको का अविशेक वलि र वेष्ट सर्भर ग्यानज्योतिका मनिष मानन्धरलाई क्रमशः जनही २५ सयका दरले नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । तीन दिनसम्म संचालित प्रतियोगिता १२ टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह नेपाली काग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री दिपक गिरिको प्रमुख आतिथ्यमा भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस अवसरमा नेपाली काग्रेसका केन्द्रिय सदस्य माननीय दिपक गिरि, नेपाली काग्रेस क्षेत्र नम्बर ३ ‘ख’ का सभापति खिम बहादुर वली, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको हो । कार्यक्रमको संचालन नेपाली काग्रेस तुलसीपुर नगर सचिव बिमल पौडेलले गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad