दाङको प्रमुख जिल्ला अधिकारीमा लम्साल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३ असोज । गृह मन्त्रालयले दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव कृष्णप्रसाद लम्साललाई दिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको भने गृहमन्त्रालयमा सरुवा भएको छ ।

मन्त्रालयले बुधबार दाङका प्रमुख जिल्ला अधिकारी सुवेदीलाई गृह मन्त्रालयमा सरुवा गर्दै लम्साललाई दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । लम्सालले यस अघि धादिङ र नवलपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा भुमिका निर्वाह गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनी दाङकै घोराही लगायत विभिन्न ६ वटा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा समेत काम गरिसकेा थिए । उनीस‌ंग  राष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वास्थ्य मन्त्रालयमा समेत रहेर कार्य गरेको अनुभव छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad