दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ्ग, ३ असोज । दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ गोग्ली बस्ने २१ वर्षीय विनोद केसी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर प्रकाश भुसालले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको बुलेट बाइकमा सवार उनीहरु आज बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए ।
मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले लमही अस्पतालमा ल्याएको थियो । चिकित्सकहरुले उनीहरुको मृत्यु भएको पुष्टि गरेका थिए ।फाइल फोटो

Blog Post Ad Blog Post Ad Blog Post Ad