सर्टिफिकेट शुल्कविरुद्ध अखिल क्रान्तिकारी दाङको आपत्ति

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी दाङ जिल्ला समितिले तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखाले सर्टिफिकेट शुल्कका नाममा चर्को शुल्कप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

संगठनका अध्यक्ष गोविन्द बहादुर मल्ल र सचिव हिरालाल वली (जनार्दन)ले जारी गरेको विज्ञप्तिमा विद्यालयहरूले अभिभावकहरूलाई अत्यधिक शुल्क तिर्न बाध्य पारेकोमा कडा आपत्ति जनाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विज्ञप्तिमा शिक्षा समितिको निणर्यलाई तत्काल खारेज गरी, सर्टिफिकेट शुल्कलाई निशुल्क बनाउनका लागि सम्बद्ध निकायहरूलाई अनुरोध गरिएको छ । साथै, विभिन्न विद्यालयहरूले विद्यार्थी स्थानान्तरण रोक्ने नाममा अत्यधिक रकम असुल गरेको पाइएकाले कानुनी कारबाहीको माग गरिएको छ ।

यदि मागहरू पूरा नभए, कडा आन्दोलन गर्ने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूणर् जिम्मेवारी सम्बद्ध निकायले लिनुपर्ने चेतावनी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad