दाङ, १ असोज । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भैरव नाँच हुने भएको छ।
“हाम्रो परम्परा हाम्रो रितिरिवाज”हाम्रो पुर्खा हाम्रो पौरख नेपाली कला संस्कृति राष्ट्रको गौरव ” भन्ने मूल नारा बोकेको श्री लात्तेवांज भैरव समाज बाट संचालीत भैरव नाँच २०८१ साल असोज २ गते बुधबार को दिन सन्धिखर्क नगरपालिका वडा नम्बर २ को चुत्रावेसी पुरानो बस पार्क हाईस काउन्टर अघाडी हुने भएको हो।
भैरव नाँच प्रदर्शन असोज २ गते साँझ ८ बजे देखि शुरु हुने भैरव नाँच व्यवस्थापन संयोजक राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। साथै श्री लात्तेवांज भैरव समाज ले सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई भैरव नाँचमा उपस्थिति जनाउन हार्दिक निमन्त्रणा गरेको छ।