विवाहित छोरीले गरे आमाको काजकिरिया

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ असोज । घोराही–१३ बाँझबोटका फर्की मगर्नीको भदौ २७ गते सर्पको डसाइबाट ८५ वर्षको उमेरमा मृत्यु भयो । उहाँलाई दुई छोरी सङ्गर्ती र मनिषा घर्तीले काँध हाले । दाग बत्ती दिए । कटुवाखोलामै आफ्नो कपाल मुडे । सेतो कपडा शिरमा बाँधेर आमाको काजकिरिया गर्न तयार भए ।

छोरीहरु सङ्गर्तीको रामतारा बुढासँग र मनिषाको दुर्गा झाँक्रीसँग विवाह भएको छ । दुबै विवाहित छोरी हुन् । तिमीहरु अर्को जातमा विवाह भएकाले पाउँदैनौ भनेर कसैले अड्को थापेनन् । माइततर्फका काकाहरु कुमार घर्ती र हर्कबहादुर घर्तीले उनीहरुलाई विधि र संस्कार सिकाइदिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरु तीन दिन किरिया बसे । आफ्नो संस्कार अनुसार शुद्ध शान्तिका दिन दाजुभाइले गर्ने सबै कर्म पूरा गरे । मगरहरुमा भान्जाले चोख्याउने र मावलीले दुःख फाल्ने चलन हुन्छ । भान्जाहरुले एक जोडी परेवासहित दुखियालाई खोलामा लगे । परेवा उडाएर मारकाट नगरी काजकिरिया सकियो ।

त्यसलगत्तै मावलीले दुई बहिनी दुखियालाई टीका लगाइदिएर रुमाल बाँधी दुःख फालिदिए । सबै ज्वाइँचेला र चेलीबेटीलाई दान दक्षिणा गरे । त्यसपछि दुखियाले आफ्ना ज्वाइँ चेला र छोरी चेलीलाई टीका र दान दक्षिणाको पालो आयो । उनीहरुले आमाको तर्फबाट सबैलाई दक्षिणा गरे । नाताले दिदी बहिनी, ज्वाइँ भिनाजु परे पनि आमाको नाताले दाजुभाइ जस्तै दान दक्षिणा गरे । विवाहित छोरीले आमाको काजकिरियाको सम्पूर्ण विधि पूरा गरेका थिए ।नयाँ युगबोधबाट

Blog Post Ad Blog Post Ad Blog Post Ad