दाङमा लागू औषध दुर्व्यसन नियन्त्रणका लागि साझा प्रयास

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ भदौ । दाङमा लागु औषधको दुर्व्यसन विरुद्ध प्रवद्र्धनात्मक सचेतनात्मक उपचारात्मक उपायहरुलाई सबै सरोकारवालाहरुको सहकार्य र साझेदारीमा अघि बढाउने  निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आईतबार बसेको लागू औषध नियन्त्रणमा सरोकारवालाको समन्वयात्मक बैठकले सो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको अध्यक्षतामा बसेको बैठकले विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई सँगै राखेर तथा टोल विकास समितिलाई लागु पदार्थको दुर्व्यसन र गम्भीर परिणामका सम्बन्धमा सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, स्थानीय तहले स्थानीय पाठ्यक्रममा लागु औषध दुर्व्यसन नियन्त्रण, नैतिकता र सदाचारिताको अभ्यास जस्ता विषयहरु समावेश गर्ने निर्णय पनि गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी, सीमा नाकाबाट हुने लागु औषध ओसार पसारलाई थप कडाईका साथ सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सञ्चार माध्यमको समन्वयका साथ नियन्त्रण गर्ने तथा लागु औषध दुर्व्यसन विरुद्धको अभियानलाई थप सघन बनाउन होटल, रेष्टुरेन्ट, औषधी पसल, पुनर्स्थापना केन्द्र सहित का मूख्य सरोकारवालाहरु सहितको छलफल कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा जिल्लामा लागू औषध दुव्र्यसनको बढ्दो जोखिम कम गर्न हाल भईरहेका असल अभ्यासलाई निरन्तरता दिँदै जनस्तरसम्म सचेतना फैलाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड समेत दिईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैठकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले अधिकारका नाममा अनियमितताले स्थान पाईरहेको बताउनुभयो । सचेतनालाई प्राथमिकरण गर्न जरुरी रहेको भन्दै समाज जति खुकुलो भईरहेको छ सेवा र सुविधा बढ्दै गएको छ त्यसले जोखिम थपेको टिप्पणी गर्नुभयो ।

दंगीशरण गाउँपालिका उपाध्यक्ष पीमा कुमारी खड्काले लागू औषध दुर्व्यसनकाे सिकार नयाँ पुस्ता डरलाग्दो गरी फस्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा शान्ति नगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार कँडेल, घोराही कारागारका सशस्त्र प्रहरी नायव उपरीक्षक पृथ्वी बहादुर बोगटी, स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख किशोर आचार्य, प्रेस काउन्सिल सदस्य शरद अधिकारी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास वली, अपाङ्ग मानव अधिकार मञ्चकी सचिव देवका खनाललगायतले लागू औषध दुव्र्यसनले समुदायमा पारिरहेको प्रभाव र समाधानका लागि गर्न सकिने प्रयास बारे बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad