विद्यालयमा शिक्षक नहुँदा विद्यार्थी परेसान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका– ८ स्थित अश्वारा माध्यामिक विद्यालयमा दरबन्दी कटौती गरेपछि ६ महिना देखि नेपाली विषयको पढाइ हुन सकेको छैन् । प्रअ तथा दरबन्दी मिलानका नाममा नेपाली विषयका शिक्षक निमकान्त रेग्मीको मावि दमारगाउँमा काज सरुवा गरेपछि कक्षा ९ र १० को पढाइ ६ महिनादेखि रोकिएको विद्यालयले बताएको छ । दरबन्दीका शिक्षकलाई काजमा पठाएर नगर अनुदानमा पठाएको शिक्षक पनि शिक्षा सेवा आयोगको परीक्षमा नाम निकालेर अन्यत्र गएपछि नेपाली विषयको पठनपाठन ठप्प भएको छ ।

२०८० बैशाख २० गते बसेको नगर शिक्षा समितिको बैठकले शिक्षक दरवदी तथा काज सरुवा गर्ने निर्णय गरेपछि अश्वारा माविमा कार्यरत शिक्षक रेग्मीलाई २०८० जेठ महिनादेखि लागु हुनेगरि तुलसीपुर उपमहानगरपालिका –३ मावि दमारगाउँमा काज सरुवा गरिएको थियो । स्थायी दरबन्दी कटौती गरेको ठाउँमा नगर अनुदानमा पठाएको शिक्षक पनि प्रावि तहमा सिफारिस भइ २०८० / १२/२७ गते मावि प्रतापकोटमा गएपछि कक्षा ९ र १० मा अध्ययनरत ९३ जना विद्यार्थीको नेपाली विषयको पढाइ प्रभावित भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबीच केही दिन अघि कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरूले ६ महिना देखि नेपाली र झण्डै २ महिना देखि गणित विषयको पढाइ नभएको भन्दै नगर प्रमुख टीकाराम खड्कालाई ज्ञापनपत्र समेत बझाएका थिए । मावि तह द्वितीय श्रेणीका गणित विषयका स्थायी शिक्षक हिरालाल न्यौपानेको २०८१ असार २१ गते सरुवा भएपछि अहिले २ महिनादेखि गणित विषयको दरबन्दी पनि रिक्त रहेको छ ।

विद्यालय प्रति अन्याय भयाे :व्यवस्थापन समिति

Blog Post Ad Blog Post Ad Blog Post Ad

यता विद्यालय व्यवस्थापन समितिले दरबन्दी मिलानका नाममा अश्वारा माविको दरबन्दी कटौती गरेर ठूलो अन्याय गरेकोे बताएको  छ । झण्डै एक सय जना विद्यार्थीको पढाइ ६ महिनादेखि अन्यौलमा रहेको बताउँदै समितिका अध्यक्ष किरण बहादुर शाहले  शिक्षा महाशाखा विद्यालय प्रति सकारात्मक नहुँदा समस्या भएको बताउनुभयो । ‘भएको दरबन्दी कटौती गरेर अनुदान लैजाऊ भन्छन् । हामी त्यो मान्ने पक्षमा छैनौ । अरुले स्थायी दरबन्दीका लागि पहल गर्छन् । भएको दरबन्दी गुमाएपछि हामी समितिमा बसेको के अर्थ ? ’ अध्यक्ष शाहले भन्नुभयो ।

नेपाली विषय शिक्षककाे  काज फिर्ता गर्न मेयरले लगाएको तोकलाई शिक्षा महाशाखाले वेवास्ता गरेको र गणित विषयको रिक्त पदमा पनि विज्ञापन खोल्न अनुमति नदिएको अध्यक्ष शाहले बताउनुभयो । शिक्षा महाशाखाकाे  अदृष्य स्वार्थ कारण व्यवस्थापन समितिले काज फिर्ताका लागि ३ वटा र गणित विषय रिक्त पदमा विज्ञापन खोल्न एउटा लिखित निवेदन दिएपनि कुनै सुनुवाइ नभएकाे समितिकाे दाबी गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

के भन्छ शिक्षा महाशाखा ?
यता तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले एकदुई दिनमा सबै समस्या हल हुने बताएको छ । ‘नगर शिक्षा समितिको बैठक अब एकदुई दिनमा बस्दैछ । मावि अश्वाराको शिक्षक सम्बन्धी समस्यालाई मैले एजेण्डा रुपमा अघि सारेको छु, त्यसकारण छिट्टै टुङ्गो लाग्छ ।’ शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले भन्नुभयो ।
विद्यालय प्रति आफ्नो कुनै पूर्वाग्रही सोच नभएको बताउँदै नेपाली विषयको हकमा अनुदान शिक्षक र गणित विषयको हकमा करार शिक्षकका लागि विज्ञापन खोल्न अनुमति दिन आफु जतिखेर पनि तयार रहेको महाशाखा प्रमुख भण्डारीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad