तुलसीपुरमा चिस्यानकेन्द्र नहुँदा आलुको बिउ उत्पादक किसानलाई समस्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ भदौ । तुलसीपुरका किसानलाई चिस्यानकेन्द्र नजिक नहुँदा समस्या भएको छ । चिस्यान केन्द्र नहुँदा आलुको बिउ राख्नका लागि घोराही जानु परेको किसानको गुनासो छ ।

तुलसीपुर-२ कुमलगढीका जंग बहादुर चौधरीले यो वर्ष २५ बोरा आलुको विउ चिस्यान केन्द्रमा राख्नुभएको छ । २३ वर्ष देखि व्यावसायीक रुपमा तरकारी खेति गदै  आएका चौधरीले दाङमा चिस्यान केन्द्र नहुँदा दुई वर्षसम्म त भैरहवामा आलुको बिउ राख्नुभएको थियो ।  उहाँले अहिले भने घोराहीको चिस्यान केन्द्रमा राख्ने गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर-२ कुमलगढी आलुको पकेट क्षेत्र मानिन्छ । कुमलगढीका  किसानहरुले यो वर्ष मात्रै झण्डै पाँचसय बोरा आलु घोराहीको स्वर्गद्धारी चिस्यान केन्द्रमा राखेका छन् । तुलसीपुरमा चिस्यान केन्द्र नहुँदा विभिन्न समस्याहरु झेल्दै घोराहीमा राख्ने गरेको किसान सुरज चौधरीले बताउनुभयो । तुलसीपुर उपमहानगरका कृषि शाखा प्रमुख धनराज गौतमले पालिकाले अब तुलसीपुरमै चिस्यान केन्द्र स्थापना गर्न योजना बनाइरहेको बताउनुभयो ।

दाङमा हाल तीन वटा चिस्यान केन्द्र मात्र छन् । घोराहीमा दुई वटा र देउखुरी क्षेत्रको राप्तीमा एक वटा रहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यो वर्ष दाङमा २० मेट्रिक टन टिपिएस आलुको बिउ भण्डारण गरिएको छ । चिस्यान केन्द्रमा आलुको बिउ भण्डारणका लागि कृषि ज्ञान केन्द्र दाङले ७५ प्रतिशत लगानी गर्ने गरेको छ । किसानले २५ प्रतिशत लागत मात्रै लगाउनुपर्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोही कामका लागि यसवर्ष तीन लाख बजेट छुट्याइएको कृषि अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताउनुभयो । चिस्यान केन्द्र नजिकमा नहुँदा किसानलाई समस्या छ । समस्याको स्थायी समाधानका लागि स्थानिय पालिकाहरूले चासो दिनुपर्ने किसानको माग छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad