लमही–कोइलाबास हुलाकी सडक प्रभावित टहराको मुआब्जा माग

Blog Post Ad Blog Post Ad Blog Post Ad

चुमा आचार्य

लमही, ३० भदौ । लमहीस्थित हुलाकी सडक प्रभावितहरू टहरोको मुआब्जा पाउनुपर्ने भन्दै उच्च अदालत तुलसीपुरमा निवेदन दिएका छन् । लमही–कोइलाबास हुलाकी सडक अन्तर्गतका बासिन्दाले आफ्नो घर र टहराहरू बिना मुआब्जा भत्काउन रोक्न उच्च अदालतको शरण लिएको प्रभावित पुनाराम केसीले जानकारी दिए । उनीहरूले नगर विकास समितिले धनी पूर्जा भएको जग्गामा मापदण्डअनुसार बनाएका घरहरूको क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडकमा पर्ने घर र जग्गाको मुआब्जा माग गर्दै प्रभावितहरूले पहिला जग्गाको मुआब्जा र दोस्रो चरणमा घर र टहराको मुआब्जा दिन जिल्ला प्रमुखसँग सहमति भएको बताएका छन् । २०७६ पुस १९ गते तत्कालीन मेयर कुल बहादुर केसीको पहलमा लमही नगरपालिकाले समरचनाको क्षतिपूर्ति दिने निर्णय गर्दै सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि २ सय २ जनाले निवेदन दर्ता गराएका थिए ।

हाल नयाँ जनप्रतिनिधिहरू आइसकेका छन् र प्रभावितहरू नगरपालिकामा दर्ता गरिएका निवेदन र घर निर्माणका लागि नगर विकास समितिबाट प्राप्त इजाजत पत्रसहित उच्च अदालत पुगेका छन् । यद्यपि, मेयर जोगराज चौधरीले अब विवाद गर्नुको अर्थ नभएको भन्दै आफ्नो घर भत्काएर मार्गप्रसस्त गरेको जनाएका छन् । उनले घर भत्काउँदा बास नबच्ने र अनेत्र जग्गा नभकाहरूको बारेमा विकल्प गरिने विषयमा पनि छलफल भइरहेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक डिभिजन कार्यालय दाङले साउन २९ गते ३५ दिने सूचना जारी गर्दै सबै समरचना हटाउन आह्वान गरेको थियो। आइतबार ३० भदौमा ३५ दिने समयसीमा सकिँदैछ । प्रभावितहरूले भने मुआब्जा बिना संरचना हटाउन नमिल्ने भन्दै संघर्ष समिति बनाएर अदालतको ढोका ढकढक्याएका छन् । हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाहरूले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो । लमही–कोइलावास हुलाकी सडक औपचारिकरूपमा नेपाल सरकारलाई वि.सं. २०७७ साल चैत १८ गते हस्तान्तरण गरियो ।

७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३.४६ किलोमिटर सडक निर्माण गरिएको थियो । यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ अर्ब बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ । तर लमही नगरपालिका–४ सेम्रहवाका नागरिकहरूले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन् । मुआब्जा नपाएको विषयमा पनि अध्ययन गर्ने समझदारी भएको जिल्ला प्रमुख रामबन्दु सुवेदी बताउँछन् । मुआब्जा रकम थोरै भएपछि स्थानीयले विरोध समेत जनाएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजनीतिक दलहरूले प्रतिबद्धता जनाए पनि मुआब्जा रकम अझै नपाएको स्थानीय बताउछन् । सूचना कार्यान्वयन हुने हो भने लमही बजारमा मात्र २ सयको हाहाहारीमा घरटहरा भत्काउनु पर्ने देखिन्छ ।यद्यपि यी समचचना हटाउन सूचना सार्वजनिक भएको पहिलो पटक भने होइन ।यही सडक चौडाहा गर्ने राजनीति दलका निर्वाचन एजेन्डा समेत बनेका थिए । भोट घटने डरमा समरचना हटाउन पछाडी हटेको चौतर्फी गुनासो आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad