बाल डाक्टर बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ भदौ । घोराहीमा रहेको बाल डाक्टर बचत तथा ऋण सहकारी संस्था लिमिडेटले शनिवार आफ्नो १० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष खिमबहादुर बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भानसिं बुढाको प्रमुख आतिथ्य तथा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष गोविन्दप्रसाद शर्माको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष बुढाले पछिल्लो समय वित्तिय क्षेत्रमा संकट देखिए पनि बाल डाक्टर बचत तथा ऋण सहकारी संस्थाले महत्वपूर्ण कार्य गर्दै आएको भन्दै संस्थाले सधै आर्थिक पारदर्शितालाई प्रमुखता दिनुपर्नेमा जोड दिनुभयो । ३ सय ६५ जना सदस्य रहेको यस संस्थाले सदस्यहरुको हितलाई प्राथमिकतामा राख्दै आफ्ना गतिविधीलाई अगाडी बढाउनु पर्ने बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साधारण सभामा संस्थाका सचिव ईश्वरकुमार बुढा मगरले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष केशव स्थापित घर्ती मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक सुनकुमारी डाँगीले प्रस्तुत गर्नुभएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई साधारण सभाको बन्दसत्रले पारित गरेको हो । संस्थाका उपाध्यक्ष राधा पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव बुढा मगरले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad