यात्रुलाई समयमै खाना खुवाउने कुरामा जिम्मेवार बन्नुपर्छ : हमाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ भदौ । त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले सार्वजनिक सवारीका यात्रुले समयमै र गुणस्तरिय खाना खुवाउन यातायात व्यवसायी र श्रमिकलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

लामो दुरीमा चल्ने सवारी साधनका यात्रुले समयमै खाना खान नपाएको र गुणस्तरहिन खाना खुवाउने गरेको गुनासो आउने गरेको भन्दै उहाँले कुनै पनि बसका यात्रुले समयमै र गुणस्तरिय खाना पाउनुपर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले दिउँसोको करिब १२ बजेभित्र र रातीमा १० बजेभित्र खाना खुवाउनुपर्ने बताउनुभयो । ‘त्रिसिद्देश्वरीको गाडीमा चढौँ, चढौँ लाग्ने गराउनुपर्छ ।’ उहाँले भन्नुभयो-‘यसका लागि हामीले यात्रुमैत्री वातावरण बनाउनुपर्छ, यातायात व्यवसायी र श्रमिक सबै जिम्मेवार बनौँ ।’

उहाँले सवारी चलाउँदा कागजात साथमै बोक्ने कुरालाई पूणर् पालना गर्न पनि आग्रह गर्नुभएको छ । ‘ट्राफिक प्रहरीले ठाउँ-ठाउँ रोक्यो भनेर आत्तिनुपर्दैन ।’ उहाँले भन्नुभयो-‘हामीसंग कागजात सबै साथमै छ, प्रमाण सबै ठिक छ भने ट्राफिकले जति ठाउँ रोके पनि के फरक पर्छ र ? प्रालिले शनिबार तुलसीपुरमा गरेको पाँचौ वार्षिक साधारण सभामा अध्यक्ष हमालले त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको सफलतामा यातायात व्यवसायी, श्रमिक, यात्रु र नेतृत्व सबैको भूमिका महत्वपूणर् रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नेपाली चलचित्रका नायक निखिल उप्रेतीले सुरक्षित यात्राका लागि चालक नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले चालकको सानो त्रुटिले पनि दुर्घटनाको जोखिम बढी हुने भएकाले चालक जिम्मेवार बन्दा दुर्घटना न्यूनिकरणमा धेरै कमी आउने बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश शाहीले दुर्घटना न्यूनिकरणका लागि चालकले सडक अनुशासनको पूणर् पालना गर्नुपर्ने बाताउनुभयो । उहाँले दुर्घटनाबाट हुने क्षति बढ्दै गएकोले न्यूनिकरण गर्न सवारी चालक बढी जिम्मेवार ढंगका साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो । प्रालिका पुर्व अध्यक्ष देवी बहादुर डिसीले त्रिसिद्देश्वरी यातायात प्रालिको सफलतामा सबैको भूमिका महत्वपूणर् रहेको बताउनुभयो । कार्यक्रममा पूर्व कार्यालय प्रमुख डा. लोकराज पराजुलीले यातायात क्षेत्रलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिँदै सडक यात्रालाई सुरक्षित बनाउन राज्य पनि गम्भीर बन्नुपर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सार्वजनिक यातायात सेवामा त्रिसिद्देश्वरीको भूमिका सशक्त बन्दै गएको बताउनुभयो । चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य धुर्वराज न्यौपानेले नेपालमा यातायातमा नीजि सवारी साधन बढ्दै गएको अवस्थामा सार्वजनिक यातायात सेवालाई विश्वासनिय र यात्रुमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष दिपक बुढाथोकी, नेपाल यातायात मजदुर संघका अध्यक्ष पदम वलीले आम नागरिकको पहुँचमा रहेको सडक यातायात सेवा विश्वसनिय बनाउनुपर्ने बताउनुभयो । संरक्षक भरतनाथ योगीको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन समारोहमा प्रालिका प्रशासनिक सचिव नारायण न्यौपानेले प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रमको प्रालिका प्रेस सल्लाहकार सहजीकरण शरद रेग्मीले गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad