दाङ क्रिकेट संघको पाचौ वार्षिक साधारण सभा सम्पन्न

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ भदौ । दाङ क्रिकेट सङ्घले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षता तथा लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव कैलाश रोका मगरको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरिएको थियो ।

साधारण सभामा बोल्दै प्रमुख अतिथी कैलाश रोका मगरले दाङमा क्रिकेटका संरक्षणको राम्रो विकास भएको र त्यसको व्यवस्थित प्रयोग गर्दै राम्रा खेलाडी उत्पादन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सफल खेल प्रस्तुत गर्ने क्रिकेटर उत्पादन गर्ने कुरालाई ध्यानमा राख्दै विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा गर्न दाङ क्रिकेट सङ्घले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश क्रिकेट सङ्घका किशोर चन्द्र गौतमले दाङको क्रिकेटलाई विश्वसामु चिनाउनका लागी संघले आफ्ना क्रियाकलापलाई थप शसक्त बनाउदै लैजानुपर्ने बताउनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साधारण सभामा दाङ जिल्ला क्रिकेट सङ्घले वितेको एक वर्षमा गरेका प्रमुख गतिविधिहरुको समीक्षा गरिएको थियो । जसअन्तरगत दाङ भ्याकेसन लिग २०८० जारी, लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता, दाङ कर्णाली सिरिज २०८०, दाङ क्रिकेट लिग सिजन–२ ‘२०८०’, क्रिकेट एम्पायरिङ एन्ड स्कोरिङ प्रोग्राम, बबई टि–२० क्रिकेट प्रतियोगिता २०८०, दाङ सिनियर पुरुष बन्द प्रशिक्षण, दाङ युथ १६ पुरुषबन्द प्रशिक्षण,दाङ महिला सिनियर बन्द प्रशिक्षण, दाङ युथ– १९ महिला बन्द प्रशिक्षण र प्रधानमन्त्री कपमा प्रदेश प्रथम महिला खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको संघको संगठनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सभामा संस्थाका सचिव सचिव सन्जु केसीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण खत्रीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई बन्दसत्रले पारित गरेको थियो । संघका उपाध्यक्ष किशोर घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव सन्जु केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad