दाङ, २९ भदौ । अविरल वर्षाका कारण पहिरोसँगै आएका रुखले घर च्यापिंदा दाङमा एक घर भत्किएको छ । बिहीबार राती आएको वर्षाका कारण शान्तिनगर गाउँपालिका ३ केराघारीका झग बहादुर बिकको घर भत्किएको हो । पहिरोसँग आएका रुखले घर भत्काउँदा करिब ७ लाख बराबरको क्षति पुगेको पीडित बिकले जानकारी दिए ।
उनका अनुसार घरमा रहेको किराना पसलको ३ लाख बराबरको सामान र घर गरी करिब ७ लाख बराबरको क्षति भएको छ । आफूहरू बिहीबार साँझ घरमा नहुँदा मानवीय क्षति नभएको समेत उनले जानकारी दिए । आमा बुवाले बोलाएपछि उहाँहरु बस्ने घर केराघारीको टारीमा गएको हुँदा आफूहरूको ज्यान जोगिएको उनको भनाइ छ ।