कलाकार ‘इकु’को ठगीसँगै मानब बेचबिखनको धन्दा !

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ भदाै । हास्य कलाकार सुलेमान शंकर (इकु) लाई पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरिरहेको छ । उनको बैंक खातामा शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआइयु)ले दुई साताअघि सीआइबीलाई जानकारी गराएको थियो । मंगलबार पक्राउ गरेर अनुसन्धान गर्दा इकुले गैरकलाकारलाई कलाकारका रुपमा विदेश लैजाने गरेको खुलेको सीआइबीका अधिकारीहरु बताउँछन् ।

तीमध्ये कतिपयसँग पैसा लिएर पनि नपठाएको पाइएको र त्यस्ता व्यक्तिहरुले जाहेरी दिएको सीआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुलाई प्रहरीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । विदेशमा हुने सांस्कृतिक कार्यक्रममा सर्वसाधारणलाई कलाकारका रुपमा क्यानडा, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशहरुमा लैजाने भन्दै रकम लिएको र कतिपयलाई नपठाएको पाइएको सीआइबीका अधिकारीहरुको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

इकुलाई ठगीको कसुरमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । सीआइबीका निर्देशक तथा एआइजी दीपक थापाका अनुसार अहिले पनि इकुको खातामा ६० लाख रुपैयाँ बढी रकम भेटिएको छ । ‘इकुको खातामा ६० लाख रकम भेटिएको छ । करोडभन्दा बढी रकम निरन्तर ट्रान्जेक्सन भएको विवरण राष्ट्र बैंकले पठाएको छ,’ एआइजी थापाले भने, ‘यी रकम विदेश पठाउने भन्दै ठगी गरेको पाइएको छ ।’

इकुले एसएमएस फिल्म प्रालि नामक कम्पनीमार्फत युरोपका विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रमको सूची देखाउने र त्यहाँ लगिदिने भन्दै सर्वसाधारणसँग रकम लिएको पाइएको सीआइबीका एसपी प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनले कार्यक्रम नभएको ठाउँमा कार्यक्रम भएको छ भनेर पनि रकम लिएको पाइएको सीआइबीको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चार जनाको जाहेरी
इकुविरुद्ध अहिलेसम्म चार जनाले सीआइबीमा जाहेरी दिएका छन् । जसमा दुई जनाले समान साढे २ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् । एक जनाले ४ लाख र अर्का एक जनाले ९ लाख रुपैयाँ ठगी भएको दाबी गरेका छन् । अन्य चार जनाले भने फोन गरेर आफूहरु पनि ठगिएको जानकारी गराएको तर जाहेरी दिन नआएको प्रवक्ता बोगटीले बताए । ‘अन्य कोही व्यक्ति पनि ठगिएको भए जाहेरी दिन भनेका छौं,’ उनले भने ।

मानव बचेबखिनमा पनि अनुसन्धान
ठगी मात्रै नभएर मानव बेचबिखन पनि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । गैरकलाकारलाई कलाकार बनाएर मानव बेचबिखन तथा ओसारपसारको कसुर गरेको हुनसक्ने आशंकामा पनि अनुसन्धान अघि बढाइएको सीआईबीको भनाइ छ । दुई जना गैरकलाकारलाई २८ लाख रुपैयाँ लिएर कलाकार भन्दै युरोप पठाएको खुलेको सीआइबी स्रोतले बतायो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘२८ लाख रुपैयाँ लिएर गोरखा घर भएका दुई जनालाई कलाकार बनाएर युरोप पठाएको पाइएको छ । यस विषयमा पनि अनुसन्धान गर्दैछौं’, सीआईबीका एक अनुसन्धान अधिकृतले भने । दुबै जना युरोप पुगिसकेकाले जाहेरी पर्ने अवस्था छैन । मानव बेचबिखनको कसुरमा पीडित बिना मुद्दा चल्न सक्ने अवस्था नभएकाले मानव बेचबिखनको कसुर स्थापित गर्न सीआईबीलाई गाह्रो पर्ने देखिन्छ ।

इकुले विदेश जाने आवेदन दिन चाहिने कागजातहरु समेत कीर्ते गरेको प्रमाण सीआईबीले भेटेको छ । गैरकलाकारलाई कलाकार भनेर बनाइएको कागजात, नक्कली बैंक स्टेटमेन्ट, विभिन्न अनुभव तथा तालिमका पत्रहरु समेत नक्कली बनाउने गरेको पाइएको एसपी बोगटीले बताए । उनले नक्कली भिसा र टिकटसमेत देखाउने गरेको पाइएको सीआइबीको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad