‘लिपुलेकमा भारतको दाबी पुग्छ’ भनेपछि मेटमणीलाई पार्टीले सोध्यो स्पष्टीकरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ भदाै । नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीले तीन दिने स्पष्टीकरण सोधेको छ । एक टेलिभिजन अन्तर्वार्तामा मेटमणिले लिपुलेक– लिम्पियाधुरामा भारतको दाबी पुग्छ भनेपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो ।

‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपाललको हो भन्ने कुरा स्पष्ट पारेको छ । हाम्रो पार्टीको समेत दाबीको आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वाविदित नै छ । त्यसको विपरीत मुलुकको अखण्डता र सार्वभौमिकताका विरुद्ध किन बोल्नुभएको ?’ मेटमणिको नाममा काटिएको स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad