‘रावायण’ ले अपेक्षित व्यापार नगरे पछि पूजालाई धक्का, दर्शक जुटाउन मोफसल यात्रामा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ भदौ । चलचित्र ‘रावायण’ की निर्मात्री तथा अभिनेत्री पूजा शर्मा अभिनेता पल शाहलाई लिएर मोफसल यात्रामा छिन् । उनीहरू विभिन्न हलहरूमा पुगेर दर्शकहरूसँग भेटघाट र अन्तरक्रिया गरिरहेका छन् ।

उच्च महत्वाकांक्षाका साथ निर्माण गरेको ‘रावायण’ ले अपेक्षित व्यापार गर्न नसकेपछि पूजालाई धक्का लागेको छ । काठमाडौंसहित देशभरका हलहरूमा तेस्रो दिनबाटै दर्शकको खडेरी परेको थियो । तर, पनि हार नमानीकन पूजा दर्शक जुटाउन प्रयासमा मोफसल यात्रामा निस्किएकी हुन् । उनले सामाजिक सञ्जालबाट आफ्नो चलचित्रमा दर्शक बढिरहेको भान पार्न प्रयास गरिरहेकी छन् ।

पल र पूजा अस्ती नेपालगञ्ज पुगेका थिए । त्यहाँको एक हलभित्र उनीहरूले दर्शकहरूसँग केही समय बिताए । पलको पेजबाट केहीबेर लाइभसमेत गरिएको थियो । हिजो उनीहरू दाङ पुगेका थिए भने
भने आज धनगढी पुगेका छन । दाङ पल शाहको गृहनगर हो । दाङमा पल शाहलाई फ्यानहरुले निकै पच्छाएका थिए । घोराहीमा रहेको मनकाशी सिनेप्लेक्समा पल र पूजासँग सेल्फी लिदै चल्चित्रको सफलताको शुभकामना पनि दिएका थिए  ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुवैले चलचित्रमा अकुपेन्सी बढ्न थालेको दाबी गर्दै केही हलको बुकिङका स्क्रिनसट सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

कमेन्ट बक्समा केही दर्शकको सहानुभूति पनि उनीहरूलाई प्राप्त भएको छ । एकजनाले लेखेका छन्, ‘पूजाजी एकमात्र त्यस्तो कलाकार हो, जसले नेपाली फिल्म ईन्डस्ट्रीलाई माथि पुर्‍याउन र टिकाइराख्न आफू अहोरात्र खटिएर, आफू मैनबत्ती बन्नु परे पनि सहेर फिल्मी प्रकाश छरिरहनुभएको छ, सलाम छ पूजाजी ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad
एकजनाले ‘यति दर्शक आएर फिल्मले लगानी उठाउँछ त ?’ भनेर सोधेका छन् । जवाफमा पूजाले अलिअलि गर्दै बढ्दै जाने बताउँछिन् ।

‘म पनि एकैपटक सफल भएको होइन, विस्तारै हुन्छ,’ उनले लेखेकी छन् । यद्यपि, यो रिप्लाई कमेन्ट उनले पछि हटाइन् ।

दर्शकबाट केही रमाइला प्रतिक्रिया पनि आएका छन् । कसैले फिल्म चलाउनका लागि ‘काण्ड’ निकाल्न सुझाव दिएका छन् त कसैले पहिलेजसरी नै ‘रुन’ आग्रह गरेका छन् । तर, पूजालाई भने आफ्नो मिहिनेतमै विश्वास छ । उनी लेख्छिन्, ‘आशा गर्छु कि कडा मिहिनेत कहिल्यै असफल हुँदैन । जय वास्तविक दर्शक ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

केही दर्शकको कडा प्रतिक्रिया पनि देख्न सकिन्छ । एकजनाको कमेन्ट यस्तो छः

‘के गर्छौ मङ्गगले आफ्नै ढङ्गले । बोलीमा सुधार ल्याउनु घमण्ड अलिक कम गर्नु नारीको सत्रु नारी नहुनु फ्लिम तेसै हिट ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

युट्यूवरहरूको साथ, पुण्य गौतम पनि मिसिए

दर्शकको साथ नपाए पनि पूजालाई युट्यूवरहरूले भने बलियो साथ दिएका थिए । पूजानिकट केही युट्यूव च्यानलले शुक्रबार र शनिबार दर्शकको भेलबाढी नै आएजसरी होहल्ला गरे । जबकि ती दुई दिनमा पनि हलहरूको अकुपेन्सी सन्तोषजनक थिएन । आइतबारदेखि भने युट्यूवरहरू सेलाएको देखिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad