तुलसीपुरकाे २५ औँ कार्यपालिका बैठक भोलि:राेचक हुने अनुमान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ भदाै । तुलसीपुर उपमहानगरपालिकाको २५ औँ कार्यपालिका बैठक आह्वान गरिएको छ । लामो समयसम्म विवादकैबीच बस्न नसकेको कार्यपालिका बैठक तीन महिनापछि भोलि (शुक्रबार) बिहान ११ बजे बोलाइएको हाे ।

शुक्रबारकाे कार्यपालिका बैठकमा टोल विकास संस्था सञ्चालन कार्यविधि, ई-हाजिरी सफ्टवेर खरिद, हाइमास्ट लाइट सञ्चालन, सञ्चारगृह वर्गीकरणसहितका विभिन्न २२ वटा एजेन्डामा छलफल गर्ने तयारी गरिएकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तयारी गरेअनुसार कार्यपालिका बैठक अगाडि नबढ्ने एक कार्यपालिका सदस्यले जानकारी दिए । उनका अनुसार २३ औं  कार्यपालिका बैठकमा आफुहरूलाई झुक्याएर गरिएकाे निर्णय प्रबिधि तथा सफ्टवेयर खरिद प्रकरणमा छानबिन समिति गठन मुख्य एजेण्डा रहने छ ।

यदि तेसाे नगरी मनोमानी ढंगले अगाडि बढ्न खाेजे बैठक बहिष्कार गर्ने तयारी भएकाे र यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने आफूहरूकाे माग रहेको उनले जानकारी दिए । उनले भने- ‘यदि छानबिन समिति गठन गर्ने सहमति नजुटेमा  बैठक बहिष्कार गर्ने चेतावनी दिन चाहन्छौं ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै अर्का एक वडा अध्यक्षले भने- ‘सफ्टवेयर खरिद प्रक्रियामा अनियमितताको आशंका व्यक्त गरिएकाे छ । पालिकाकाे बैठकमा सदस्य सचिवका रूपमा प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ तर भाेलीकाे बैठकमा उनी सहभागी भए हामीले बहिष्कार गर्छौं ।’

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतकै कारण महिना महिनामा बैठक बस्न नसक्दा विषयहरू धेरै भएको र कतिपय विवादित विषय भएकाले भोलिको बैठकको परिस्थिति अन्य बैठकको तुलनामा फरक हुने आँकलन गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कुराकानीका क्रममा एक कार्यपालिका सदस्यले आक्रोश पोख्दै भने- ‘भोलिको परिस्थिति नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको गतिविधिमा निर्धारण हुन्छ । कार्यपालिका सदस्यका कुरा नसुनी अगाडि बढ्न खोजे परिस्थिति जे पनि हुनसक्छ ।’

भोलिको बैठकको परिस्थिति फरक हुने देखेपछि नेकपा एमाले जिल्ला कमिटीले पदाधिकारीसहित नगरप्रमुख र एमालेबाट निर्वाचित वडाध्यक्षहरूलाई बसालेर मेयरकै कार्यकक्षमा अहिले पनि छलफल जारी छ । वडा अध्यक्षहरूले पालैपालो आफ्नो धारणाहरू राखिरहेका छन् तर अहिले पनि असहमतिका स्वरहरू झन् तीव्र रुपमा अगाडि बढेका छन् भने सहमति हुने छाँटकाँट नदेखिएको स्रोतले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad