दाङ, २६ भदाै । रोल्पामा खोलाले बगाएर दाङकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर नजिक लुङ्ग्री र फगाम खोलको दोभानमा हाम फाल्न जादा ती महिला वेपत्ता भएकी थिइन।
खोलाले बगाँउदा वेपत्ता भएकी ती महिलाको शव सुनिलस्मृती गाउँपालिका २ खुंग्रीको सेरा बगरमा फेला परेको रोल्पा प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभएको छ।
खोलाले बगाउँदा मृत्यु हुने महिला दाङको राप्ती गाउँपालिका २ एकतानगर बाह्रखुट्टे निवासी दीपक नेपालीको श्रीमती २७ वर्षीय सुमित्रा नेपाली रहेको खुलेको छ ।
घटना मंगलबार मध्याह्न साढे १२ बजेको समयमा घटन पुगेको थियो । स्थानीयका अनुसार ती महिला सुलिचौरमा मजदुर गर्दै आएको र उनको मानसिक सन्तुलन ठिक नभएको कारण उक्त घटना घटन पुगेको बताइएको छ ।
घटनाको बारेमा थप अनुसन्धानका लागी प्रहरी निरीक्षक विजय चापागाईंको कमान्डमा ५ जना टोली घटना स्थलमा खटिरहेको बताइएको छ ।