दाङ्ग, २५ भदौ । रोटरी क्लब अफ दाङ्गद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
क्लवका अध्यक्ष प्रदिप सुवेदीको नेतृत्वमा गएको टोलीले घोराही उपमहानगरपलिका वडा नम्बर १३ मङ्गलेरीका तिन जना जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
सहयोग कार्यक्रमको कार्यक्रमको संयोजक भवानी प्रसाद कडेल रहनु भएको थियो ।
क्वलका सचिव बुद्धिप्रकाश शर्मा, सदस्य बमबहादुर खड्का, फोटो पत्रकार माधव केसीसहित पुगेको टोलीले विद्यार्थिहरुलाई खेलकुदका ,सामाग्रीका साथै कापी, पेन्सिल र झोला वितरण गरिएको क्लवले जनाएको छ ।