नेपाल पत्रकार महासंघ दाङ शाखाको मिडिया मन्थन पुस्तक विमोचन


दाङ्ग, २५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आग्रह गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आग्रह गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा आज घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न अपिल गर्नुभयो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नाममा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखिएको स्पष्ट पार्नु भयो ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गर्नु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघियताको मर्म अनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गर्नुभयो । तीन तहको सरकारको विचमा प्रभावकारी समन्वयका लागि तयार हुनुपर्ने, समग्र प्रदेशको विकासको लागि सहकार्य जरुरी रहेको बताउनुभयो ।

पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डाक्टर विकास लामिछाने, नेपाल पत्रकार महासंघका संस्थापक टिकाराम रेग्मी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन, नेपाल संस्कृत विश्व विद्यालयका माधव अधिकारी, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी, राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी,नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्य लगायतले समाजलाई सहि दिशा प्रदान गर्न मिडियाको भूमिका महत्त्वपूणर् रहेकोमा जोड दिनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad