रुकुम पश्चिममा बाढीले बगाउँदा दुई जनाको मृत्यु

दाङ, २४ भदौ । रुकुम पश्चिमको मुसिकोटमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा अन्दाजी २० वर्षीया निर्मला केसी थापा र अन्दाजी ५० वर्षीय सर्जन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हिजो बेलुकी मोटरसाइकल चढेर खोला तर्दै गर्दा उनीहरूलाई बगाएको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज पोख्रेलले बताउनुभयो । उनीहरूको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad