घोराहीमा डेंगु संक्रमित बढे

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २४ भदौ । घोराहीमा दैनिक डेंगु संक्रमित बिरामीको सङ्ख्या बढेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार गर्न आउने विरामीहरुको स्वास्थ्य परीक्षणकाक्रममा पछिल्ला समय डेंगु सङ्क्रमण देखिएको हो। प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले गएको भदौ १ गतेदेखी १७ गतेसम्म १ हजार २ सय ९९ जनाको परीक्षण भएकोमा २९ जनामा डेंगु पोजेटिभ देखीएको जानकारी दिनु भयो । उहाँले भदौ १७ गतेदेखी २४ गतेसम्म १९ जनामा डेंगु पोजेटिभ देखीएको बताउनु भयो ।

डेंगु पोजेटिभ देखीएका अधिकांश घोराहीका रहेका छन् । सुचना अधिकारी भट्टराइले गएको साउन १ गतेदेखी ३२ गतेसम्म १ हजार ४ सय ७६ जनाको परीक्षण भएकोमा २२ जनामा डेंगु पोजेटिभ देखीएको बताउनु भयो । भट्टराइले दिएको जानकारी अनुसार २०८० साउनदेखी २०८१ असार सम्म ७६ जनामा डेंगु पोजेटिभ देखीएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डेंगु सङक्रमणका बिरामी बढ्न थालेपछि ‘लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौं’ अभियानलाई जिल्ला जनस्वास्थ्य कार्यालय दाङसहीत स्थानिय तह मातहतका स्वास्थ्य कार्यालय तीव्रता दिएका छन् । जिल्लाका सबै पालिकामा सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको कार्यालयहरुले जनाएको छ ।

डेंगु संक्रमितको सङ्ख्या बढ्दै जान थालेपछि सतर्कता अपनाउन स्वास्थ्य संस्थाहरुले आग्रह गरेका छन् । साथै टोल बस्तीमा पुगेर सरसफाइका साथै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रत्येक घरघरमा पानीका भाँडा छोपेर राख्ने, पानी जम्न नदिने, लामो बाहुला भएका कपडा लगाउने र सुत्दा झुलको प्रयोग गर्न सचेत गराइएको चिकित्सकहरु बताउँछन्। प्रतिष्ठानमा अस्पतालमा अउने बिरामीमध्ये अधिकांश झाडापखाला, ज्वरो र डेंगुका बिरामी हुने गरेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad