सल्यानमा जिल्ला स्तरिय काभ्रा कप फुटबल प्रतियोगिता हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

लक्ष्मण बस्नेत

सल्यान, २४ भदौ । सल्यान जिल्ला स्तरिय काभ्रा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । काभ्रा फुटबल क्लब त्रिवेणी १ सल्यानको आयोजनामा त्रिवेणी-३ रिखे बजार खेल मैदानमा संचालन हुने प्रतियोगिता आउदो असाजे १२ गतेदेखि सुरु हुने क्लबका अध्यक्ष लेखनाथ महरले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फुटबल खेलको विकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १० बढी टिमको सहभागिता रहने अध्यक्ष महरले बताउनुभयो ।

असोज १७ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख,कप,मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिम लाई नगद ५० हजार हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसअनुसार वेष्ट प्लेयर हुने खेलाडीलाई नगद ३ हजार, ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै वेष्ट किप्पर र हाई स्कोरर लाई नगद दुई/ दुई हजार,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव तथा प्रतियोगिताका संयोजक पुष्पकमल विष्टले जानकारी दिनुभयो ।

असोज ५ गतेसम्म टिम दर्ताका लागि अन्तिम समय सिमा तोकिएको प्रतियोगितामा सहभागि हुने टिमका लागि टिम दर्ता शुल्क १० हजार रुपैयाँ राखिएको छ । अहिले प्रतियोगिताको तयारीलाई तिव्र पारिएको आयोजकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad