२९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन दाङमा हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ भदौ । यस वर्षकाे २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन दाङमा हुने भएको छ । मंसिर ७ र ८ मा घोराहीस्थित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा सम्मेलन आयोजना गर्न लागिएको नेपाल बाल साहित्य समाजले जानकारी दिएको हो ।

समाजले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो । सम्मेलनको ब्यानर सार्वजनिक गरी कार्यक्रमको औपचारिक जानकारी गराइएको थियो । समाजका महासचिव तथा सम्मेलनका केन्द्रीय संयोजक विजयराज आचार्यले बाल साहित्य सम्मेलनमा बालबालिकालाई साहित्य लेखन, अभिनय, चित्रकला, कथावाचन लगायतका विषयमा प्रशिक्षण दिइने जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सम्मेलनमा ४ सय ५० बालबालिकालाई विभिन्न विधामा प्रशिक्षण दिएर कला र साहित्यको सीप विकास गराउने उद्देश्य रहेको उनले बताए । स्थानीय संयोजक तथा राप्ती साहित्य परिषद्का अध्यक्ष टीकाराम उदासीले स्थानीय विभिन्न संघसंस्थाको सहयोगमा सम्मेलन सम्पन्न गर्ने तयारी भइरहेको बताए ।

सम्मेलनमा प्रभातफेरी, बालप्रतिभाको प्रदर्शनका साथै कथा र हस्तलेखन प्रतियोगितासमेत गरिने स्थानीय आयोजक समितिका सदस्य–सचिव सूर्य बीसीले बताए । नेपालमा बालसाहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले २०४४ सालमा पाहिलोपटक काठमाडौंमा बाल साहित्यका लेखक, प्रकाशक र चित्रकारहरूको सम्मेलन भएको थियो । उक्त सम्मेलनले बाल साहित्य समाज स्थापना गरेको समाजका केन्द्रीय उपाध्यक्ष कपिल लामिछानेले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समाजले प्रत्येक वर्ष सम्मेलन गर्दै आएको छ । गत वर्ष प्यूठानमा २८ औं सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा बालबालिका र अभिभावकलाई कस्ता पुस्तक पढ्ने, कस्ता साहित्य सिर्जना गर्ने भन्नेबारे पनि अभिमुखीकरण गर्न आवश्यक रहेको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad