दुबै मृगौला फेल भएका राम सिंहलाई आर्थिक सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

मलेसिया, २४ भदौ । क्वालालम्पुर, सेप्टेम्बर ८ – दुबै मृगौला फेल भई उपचाररत रोल्पा, रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ निवासी राम सिंह बिकलाई मलेसियामा रहेका नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ। ३५ वर्षीय राम सिंह बिक हाल दाङको घोराहीमा बसोबास गर्दै आएका छन् र उनी विगत ४ वर्षदेखि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन्।

उनको जीवनरक्षाका लागि मलेसियामा कार्यरत नेपालीहरूले आर्थिक संकलन गरेका हुन्। PMI Technology कम्पनीमा कार्यरत रुपेश खड्काको संयोजनमा मलेसियन रिङ्गेट ८०० (नेपाली २४,३७१ रुपैयाँ) संकलन गरी पठाइएको छ। यस्तै, MEGA SQUARE कम्पनीमा कार्यरत गोपाल बिकको संयोजनमा मलेसियन रिङ्गेट १०१० (नेपाली ३१,९१६ रुपैयाँ) पठाइएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी, अमेरिकामा कार्यरत नेपाली तिलक बिकले पनि पीडित परिवारलाई ५,००० रुपैयाँ सहयोग गरेका छन्।

राम सिंह बिक २०६६ सालदेखि गीत, संगीत र सञ्चारकर्मी क्षेत्रमा सक्रिय थिए र दाङको घोराहीस्थित रेडियो स्वर्गद्वारीमा कार्यरत थिए। उनका सहयोगकर्ताहरूले उनको उपचारमा सहयोग जुटाउन अपिल गरेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad