उपचार खर्चको अभावमा क्यान्सर पिडित घोराहीका सागर

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ भदौ । दाङको घोराही-५ धर्ना निवासी सागर गुरुङ यतिवेला जीवन मरणको दोसाँधमा छन् । उपचारको लागि भएभरको सबै सम्पत्ति उपचारमै सकाए पछि अहिले उनलाई उपचारको लागि निकै कठिनाई भएको छ । अहिले हस्पिटलको वेडमा हुनुपर्ने उनी आर्थिक अभावमा रोग पालेर घरमा बस्नुपरेको छ ।

क्यान्सर जस्तो प्राण घातक रोगबाट ग्रसित २८ वर्षिय गुरुङ दाङ, नेपालगञ्ज, काठमाडौ हुदै पछिल्लो पटक चितवनमा रहेको क्यान्सर अस्पतालमा उपचाररत थिए । तर  परिवारसँग भएको सम्पती सबै उपचारमा सकिने अवस्था आएपछि विगत ६ महिना यता बिरामीलाई घरमा ल्याई राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनी अहिले भगवान भरोसामा बाचेको बुबा चक्र बहादुर गुरुङले बताए । ‘हामीसँग भए भरको रकम उपचार क्रममै पहिल्यै सकियो’, उनले भने, ‘अहिले पैसाको कारण एक दिनपनि छोरालाई अस्पताल भर्ना गर्न नसक्ने अवस्थामा पुगेका छौं ।’

अस्पिटलले उपचारका लागी थप १५ देखि २० लाखसम्म खर्च लाग्ने जानकारी गराएको बुबा चक्र बहादुरले बताए । आर्थिक अबस्था अत्यन्तै दयनीय रहेकोले सबै पक्षसँग जीवन रक्षाको निम्ति आर्थिक सहयोगको अपिल गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै शिखा गुरुङ नामको सांग्रीला डेभलपमेन्ट बैंक (खाता नम्बरः ०२११०९००५२३७७२०००००१) मा रकम जम्मा गरि जानकारी गराइदिन हुन सबै तह र तप्काका महानुभावसँग अपिल गरिएको छ । थप जानकारीको लागी फोन नम्बर ९८२२८५२७८२ मा सम्पर्क गर्न सकिने परिवारले जानकारी गराएको छ ।।

बिरामीका आफन्त कल्पना गुरुङको बैंक क्यु आर

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad