फरार रहेका लुम्बिनी प्रदेश सांसद केसीले गरे आत्मसमर्पण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी ‘डीबी’ कारागार चलान भएका छन् । फौजदारी मुद्दामा नेपाल प्रहरीको फरार सूचीमा रहेका सांसद केसीले रुकुम जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका हुन् । उनले आत्मसर्मपण गरेलगत्तै अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार पठाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दियो ।

सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा केसीलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवाना हुने फैसला सुनाएको थियो । तर बहुदल परिवर्तनलगत्तै २०४८ मा भएको फैसला अहिलेसम्म कार्यान्वयन नभएपछि केसीले निर्वाचनमार्फत प्रदेशसभाको यात्रा पनि गर्न भ्याए । केसीविरुद्ध उनकै श्रीमती राधा केसीले मुद्धा दायर गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सम्बन्ध विच्छेदका लागि नक्कली कागजपत्र बनाएको भन्दै दायर गरेको मुद्दामा उनी अदालतबाट दोषी ठहर भएका थिए तर, सत्ताको संरणमा पक्राउ परेका थिएनन् । हालै उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएको खबरहरु पनि बाहिरिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad