तुलसीपुरमा ४१ लाखको प्रविधि खरिद निर्णय विवादमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २१ भदौ । तुलसीपुर उपमहानगरपालिकाको २३ औं कार्यपालिका बैठकबाट प्रविधि र सफ्टवेयर खरिदका लागि ४१ लाख छुट्याइयो । तर कार्यपालिका सदस्यलाई पठाएको एजेन्डामा यो एजेण्डा समावेश भएको थिएन् । तर कार्यपालिकामा झुक्याएर प्रविधि र सफ्टवेयर खरिदका लागि ४१ लाख छुट्याउने निणर्य पास भयो ।

बैठकमा कार्यपालिका सदस्यहरुलाई जम्मा चार वटा एजेन्डाहरु रहेको म्यासेज पठाइएको थियो तर आठ वटा निणर्यहरु भएपछि अहिले वडा अध्यक्षहरु नै आश्चर्य चकित छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैठकमा बजेट सिमा निर्धारण, नौमती बाजाको भाडा दर निर्धारण, सवारी साधन परिचालन तथा व्यवस्थीत गर्न बनेको कार्यविधि संसोधन र शिक्षा बैठकका निणर्यहरु अनुमोदनसहित चार निणर्यहरु गर्नुपर्ने एजेन्डाहरु थिए । एजेन्डा नै नरहेको विषयलाई समेटेर ६ नम्बर बुँदामा निणर्य भएको पालिकाले वेवसाइटमा सार्वजनिक गरेको अभिलेखमा देखिन्छ ।

उपस्थितिमा हस्ताक्षर गरेकै भरमा एजेण्डामा नभएको विषय पास गरेको भन्दै अहिले वडा अध्यक्षहरुले नै असन्तुष्टि जनाएका छन् । वडाध्यक्षहरूले आफूहरूलाई जानकारी बिना नै निणर्य भएको आरोप लगाउँदै यसबारे छानबिनको माग गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लेखा समितिका संयोजक समेत रहेका तुलसीपुर-९ का अध्यक्ष घनश्याम ढकालले २३ औँ कार्यपालिका बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको बताउँदै सो विषय एजेण्डामा नभएकाले छलफल नै नभएको बताउनुभयो । ‘२३ औँ कार्यपालिका बैठकमा उपस्थित भएको थिएँ ।’ उहाँले भन्नुभयो-‘तर यसबारेमा पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले प्रश्न उठाएपछि जानकारी पाएँ ।’

जबकी सार्वजनिक सुनुवाई कार्यक्रममै नगरप्रमुख टिकाराम खड्काले यो निणर्य सबै वडाअध्यक्षले थाहा पाएको अभिव्यक्ति दिनुभएको थियो । ‘यो निणर्य थाहा नपाउने को वडाअध्यक्ष हो ।’ उहाँले भन्नुभयो-‘कार्यपालिका बैठकबाटै निणर्य गरी नगरसभाबाट पास गरेपछि कार्यान्वयनमा अघि बढेका हौँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस लगत्तै लेखा समिति संयोजक ढकालले लेखा समितिको बैठक बसेर खरिद प्रक्रिया, निणर्य र बिल भपाई माग्ने निणर्य गरेको बताउनुभएको थियो । लेखा समितिले खरिदसम्बन्धी कागजात माग गरेको लामो समय भए पनि अहिलेसम्म कागजात उपलब्ध नगराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार साउन २५ गते बस्ने बैठकमा पेश गर्नुपर्ने थियो । तर अहिलेसम्म लेखा शाखाले समितिलाई बिल भर्पाइ पेश गरेको छैन् ।

२३ औँ कार्यपालिका बैठकले विभिन्न सात वटा शिर्षकमा ४१ लाख छुट्याउने निणर्य सहित अहिलेसम्म जसमा छ वटा शिर्षकमा प्रविधि खरिद गरिएको छ । विद्युतिय कागजात व्यवस्थापन तथा बैठक ब्यवस्थापन प्रणाली ४ लाख ९२ हजार ६८० मा खरिद गरिएको छ । यसका लागि फ्रन्टलिंक डिजिटल नेटवर्क पालि काठमाण्डौले जिम्मा पाएको थियो । सोहि शिर्षकमा पालिकाका १९ वटा वडा कार्यालय र पालिकामा २०/२० थान कम्प्युटर तथा स्क्यानर ९ लाख ९० हजारमा कोटेशन मार्फत सिन्धु ईन्जिनियरिङ्ग प्रालिसंग खरिद गरेर ल्याइएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै न्यायिक समिति सफट्वयर पनि कोटेशन मार्फत २ लाख ९७ हजार १ सय ९० रुपैंयामा टेक प्लस प्रालि काठमान्डौँबाट खरिद भएको छ । यस्तै योजना व्यवस्थापन तथा सूचना प्रणाली जडानका लागि जियोसफ्ट टेक्नोलोजी प्रालि काठामाडौंबाट ४ लाख ९५ हजार ५ सय ५ रुपैंयामा खरिद गरिएको छ ।

यसरी हेर्दा प्रविधि तथा सफट्वयर खरिदमा पालिकाले दिएको विवरणमा २२ लाख ७५ हजार ३ सय ७५ रुपैंया खर्च भएको देखिएको छ । यसबाहेक इन्टर कम र सर्भर जडान गरिएको एक कर्मचारीले बताए । जुन कार्यपालिकाको निणर्यमा सर्भर जडानका लागि १० लाख र इन्टर कम जडानका लागि ५ लाख छुट्याइएको छ । एक कर्मचारीका अनुसार यो रकम पनि खर्च भइसकेको छ । यस्तै बेरुजुको सफ्टवयरका लागि ३ लाख छुट्याइएको थियो, तर महालेखा परिक्षकको सफ्टवयरमै सुविधा रहने भएकोले पछि यो सफ्टवयर खरिद गरिएको थिएन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘एकिकृत प्रणालीको सफ्टवयर हुनुपर्ने हो, अहिले सबै सफ्टवयर फरक-फरक ल्याइएको छ ।’ ति कर्मचारीले भने-‘यसले गर्दा भविष्यमा असहजता आउने निश्चित छ ।’ यसरी खरिद गर्दा टेण्डर गर्नुपर्ने भएकाले पनि फरक-फरक शिर्षक राखेर काटेशनमार्फत सफ्टवयर प्रविधि खरिद गरिएको हुन सक्ने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठक नियमित हुन नसकेकोमा नगर प्रवक्ता माधव वलीले समेत आफुलाई कुनै जानकारी नभएको बताउनुभयो । ‘म पनि यति लामो समयसम्म किन कार्यपालिका बैठक बसेन भन्ने बारेमा सोचिरहेको थिए ।’ प्रवक्ता वलीले भन्नुभयो-‘यो विषयमा अझ बढी नगर प्रमुखलाई जानकारी होला यही कारण भनेर म कसरी भनौँ ? ’

नियमित रुपमा बैठक नबस्दा नितिगत रुपमा गर्नुपर्ने कतिपय निणर्यहरु समयमै हुन नसक्ने भएकाले पालिकाको समग्र वृत्ति विकास र सुशासन प्रत्याभुतमा समस्या देखिने हुँदा नियमिततामा ध्यान दिनु नै लाभदायक रहने उहाँले बताउनुभयो ।

पालिकोको २४ औँ कार्यपालिका बैठक २०८१ जेठ ३२ गते बसेको थियो । त्यसयता बैठक नबसेको तीन महिना पुग्न लागेकोे छ । जेठ महिनायता कार्यपालिकाको बैठक नबसेको बैठक व्यवस्थापन शाखा प्रमुख भरेन्द्र खरेलले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक महिनामा कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्ने व्यवस्था छ । एजेन्डा अनुसार थप बैठक समेत बस्न सकिन्छ ।